२०८३ असोज २० गते मङ्गलवार / Oct 06 , 2026 , Tuesday
२०८३ असोज २० गते मङ्गलवार

कांग्रेस केन्द्रीय सदस्यामा किरण किशोरको उम्मेदवारी

Nada
२०८३ असोज २० गते १३:१२
Shares
कांग्रेस केन्द्रीय सदस्यामा किरण किशोरको उम्मेदवारी

काठमाडौं : नेपाली कांग्रेसका नेता किरण किशोर घिमिरेले पार्टीको खुला केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका छन् । घिमिरेले १५औँ महाधिवेशनमा खुलातर्फ केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका हुन् । 

ncell

दाङ–२ बाट महाधिवेशन प्रतिनिधि घिमिरे सबै तहका नेता–कार्यकर्ता तथा आम नागरिकमाझ लोकप्रिय नेता हुन् । उनको राजनीतिक यात्रासँगै सामाजिक कार्यमा त्यत्तिकै योगदान छ ।   नागरिकको आवाजलाई केन्द्रीय राजनीतिमा प्रभावकारी रूपमा पु¥याउने उद्देश्यले उम्मेदवारी दिएको उनको भनाई छ । निर्वाचित भए पार्टीभित्र एकता र सहकार्य थप मजबुत बनाउन पहल गर्ने घिमिरेले बताए ।  कांग्रेसको सांगठनीक र वैचारिक धार बलियो बनाउन आफ्नो उम्मेदवारी रहेको घिमिरेले दाबी गरेका छन् । ‘मतदातालाई यो कुराको विश्वास दिलाउछु कि मैले मेरोलागि नभई कांग्रेसको सांगठनीक र वैचारिक धार बलियो बनाउन उम्मेदवारी प्रस्तुत गरेको हुँ,’ उनले भने ।   

गत प्रतिनिधिसभा सदस्य निर्वाचनमा दाङ–२ बाट उम्मेदवार बनेका घिमिरे राजनीतिसँगै आर्थिक रूपमा पनि नेताहरू व्यउवस्थित हुनुपर्ने सोचकासाथ अघि बढेका छन् । उनी आफै व्यवसायीक क्षेत्रमा पनि सक्रिय छन् । घिमिरे नेपाली कांग्रेसका महासमिति सदस्य हुन् । उनीसँग करिब १८ वर्ष सरकारी सेवाको अनुभव रहेको छ । 

अर्थशास्त्र, राजनीतिशास्त्र र समाजशास्त्र अध्ययन गरेका घिमिरेले भारतको अवध विश्वविद्यालयबाट स्नातकोत्तर गरेका छन् । साथै, उनले नेदरल्यान्ड्सस्थित व्यवस्थापन तथा अन्तर्राष्ट्रिय विकाससम्बन्धी उच्च शिक्षाका लागि परिचित संस्थाबाट पोस्टग्राजुएट डिप्लोमा हासिल गरेका घिमिरे उम्मेदवार बनेर प्रतिनिधिबीच मत माग्न व्यस्त छन् । फिल्डमा उनको उपस्थितिले आम मतदाताहरूमा समेत उत्साह बढेको देखिन्छ ।  कांग्रेसको महाधिवेशनस्थलमा घिमिरेलाई इमान्दारीता, लगनशीलाता, निष्ठा र पार्टीप्रतिको भरोसाको विचयमा चर्चा भइरहेको छ ।

ताजा खबर

सम्बन्धित खबर