
काठमाडौं : नेपाली कांग्रेसको काठमाडौंमा जारी १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि भइरहेको मतदानको समय थप गरिएको छ ।
केन्द्रीय निर्वाचन समितिले आज (२०८३ असोज २३ गते) बिहानदेखि सुरु भएको मतदानको समय दिउँसो ३ बजेसम्म निर्धारण गरेकोमा त्यसलाई बढाएर साँझ ५ बजेसम्म कायम गरेको हो ।
केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालद्वारा जारी सूचनामार्फत मतदानको समय थप गरिएको जानकारी दिइएको छ ।
समितिले निर्धारित समयसीमाभित्र उपस्थित भई मतदान प्रक्रियामा सहभागी हुन केन्द्रीय महाधिवेशन प्रतिनिधि, मतदाता तथा सम्बन्धित सबै सरोकारवालालाई अनुरोध गरेको छ ।