२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

दुर्घटनामा एक जनाको मृत्यु, १९ घाइते

ADV
बिन्द्र राई
२०८१ भदौ २ गते २१:०७
दुर्घटनामा एक जनाको मृत्यु, १९ घाइते

उदयपुर : उदयपुरमा उइङ्गर दुर्घटनामा एक जनाको भएको छ भने १९ जना घाइते भएका छन् । गाईघाटबाट सिरहाको लहान जाँदै गरेको ना १ ज ९२७९ नम्बरको उइङ्ग आइतबार  त्रियुगा नगरपालिका ६ जल्जले चुरिया माइ डाडाँको ओरालोमा ब्रेक फेल भइ दुर्घटना भएको हो । दुर्घटनामा गाडी ३० मिटर तल झर्दा  १ जनाको मृत्यु हुनुका साथै १९ जना यात्रु घाइते भएका जिल्ला ट्राफिक प्रहरी कार्यालय उदयपुरले जनाएको छ । 

मृत्यु हुनेमा त्रियुगा नगरपालिका ३ मोतिगडा बस्ने वर्ष ५० की गीता कार्की रहेको प्रहरीले जनाएको छ । घाइतेहरुको जिल्ला अस्पताल उदयपुरमा उपचार भइ रहेको छ । घाइते दिपेन्द्रकुमार यादबको  हात भाँचिएको छ । अन्य सामान्य घाइते भएका छन् । ५ जना डिस्चार्ज भइसकेका छन् । चालक भने फरार रहेको प्रहरीले जनाएको छ ।

ADVADV

सम्बन्धित खबर

Advertise