२०८१ असोज ५ गते शनिवार / Sep 21 , 2024 , Saturday
२०८१ असोज ५ गते शनिवार

वायुसेवा निगमको आम्दानी घट्यो, १० महिनामा १३ अर्बमा सीमित

ADV
मध्यान्ह
२०८१ जेठ २७ गते २१:२१
वायुसेवा निगमको आम्दानी घट्यो, १० महिनामा १३ अर्बमा सीमित

काठमाडौं : चालु आर्थिक वर्षमा नेपाल वायुसेवा निगमको व्यापार घट्न पुगेको छ । निगमले सार्वजनिक गरेको रिपोर्टअनुसार चालु आवको चैत र बैशाखमा निगमले २ अर्ब ८३ करोड ९६ लाख रुपैयाँ जहाज उडाएर आम्दानी गरेको छ । जबकी अघिल्लो आर्थिक वर्षको चैत महिनामा निगमले १ अर्ब ६० करोड ६७ लाख रुपैयाँ आम्दानी गरेको थियो । निगमले चैतमा १ अर्ब २९ करोड र वैशाखमा १ अर्ब १ अर्ब ५१ करोड रुपैयाँ आम्दानी गरेको छ ।

निगमका अनुसार पछिल्लो समयमा निगमको खर्च वृद्धिको तुलनामा व्यापार तथा आम्दानी भने बढ्न सकेको छैन । निगमको आकाश भैरव प्रकाशनले सन् २०२३ मा निगमको आन्तरिक हवाई उडानमा १ प्रतिशत पनि भूमिका नरहेको देखाएको छ । त्यस्तै निगमको अन्तर्राष्ट्रिय उडानमा पनि जम्मा १४.२१ प्रतिशत मात्रै बजार हिस्सा रहेको छ ।

आव २०७९/०८० को १० महिनामा निगमको आम्दानी १० अर्ब थियो भने घाटा दुई अर्ब १६ करोड व्यहोरेको थियो । आव २०७७/०७८ मा निगमले कोरोेना महामारीको प्रभावका कारण सबैभन्दा धेरै चार अर्ब ४० करोड रुपैयाँ नोक्सानी व्यहोरेको थियो । निगमले चालु आवको १० महिनामा १३ अर्ब आम्दानी गरेको छ । जबकी निगमले गत आवको १० महिनामा १६ अर्ब ९६ करोड गरेको थियो । चालु आवमा गत आवको तुलनामा निगमले ५ अर्ब बढी नोक्सानी व्यहोर्ने देखिएको छ ।

ADVADV

सम्बन्धित खबर

Advertise