२०८३ कार्तिक २९ गते आइतवार / Nov 15 , 2026 , Sunday
२०८३ कार्तिक २९ गते आइतवार

रास्वपाका २० जना सांसद चीन प्रस्थान

Nada
२०८३ कार्तिक २९ गते ११:४१
Shares
रास्वपाका २० जना सांसद चीन प्रस्थान

काठमाडौं : सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का २० सदस्यीय उच्चस्तरीय प्रतिनिधिमण्डल चीन भ्रमणमा गएको छ । पार्टी महामन्त्री विपिनकुमार आचार्यको नेतृत्वमा रहेको टोली आज मित्रराष्ट्र चीन प्रस्थान गरेको हो ।

चिनियाँ कम्युनिस्ट पार्टी (सिपिसी)को निमन्त्रणामा चीन जान लागेको प्रतिनिधिमण्डलको भ्रमण अवधि ११ दिनको हुनेछ । भ्रमण आइतबारदेखि सुरु हुने जनाइएको छ ।

भ्रमण टोलीमा महामन्त्री आचार्यसहित सहमहामन्त्री हरि ढकाल, संसदीय दलका उपनेता गणेश पराजुली, प्रमुख सचेतक कविन्द्र बुर्लाकोटी तथा सांसदहरू लिमा अधिकारी, समीक्षा बाँस्कोटा, सागर ढकाल, डा. आनन्दबहादुर चन्द, सुशान्त वैदिक, रिमा विश्वकर्मा, डा. धनञ्जय रेग्मी, श्रीराम न्यौपाने, डा. राम लामा, गजला शमिम मिकरानी, पुनम अग्रवाल, रत्ना थापा, डा. सुजाता तामाङ, पुष्पाकुमारी चौधरी, अरविन्द शाह र रमेश सापकोटा रहेका छन् ।

चीन भ्रमणमा जाने टोलीलाई पार्टी प्रवक्ता जगदीश खरेलले विमानस्थलमा पुगेर बिदाइ गरेका थिए ।

laxmi recruitement

ताजा खबर

सम्बन्धित खबर