२०८१ असोज ५ गते शनिवार / Sep 21 , 2024 , Saturday
२०८१ असोज ५ गते शनिवार

प्रभु बैंक र सौराहाका दर्जन बढी होटल तथा रेष्टुरेन्टबीच सम्झौता

ADV
मध्यान्ह
२०८१ जेठ २७ गते २१:२५
प्रभु बैंक र सौराहाका दर्जन बढी होटल तथा रेष्टुरेन्टबीच सम्झौता

काठमाडौं : प्रभु बैंकका कर्मचारी तथा ग्राहकहरुलाई भरतपुर भम्रण वर्ष २०२४ लाई लक्षित गर्दै सौराहामा अवस्थित विभिन्न होटल तथा रेष्टुरेन्टसँग विभिन्न सेवामा विशेष छुट दिने सम्झौता भएको छ ।

छुट्टाछुट्टै समारोहका बिच सम्पन्न सम्झौतामा प्रभु बैंकका तर्फबाट बागमती प्रदेश, चितवन कल्सटरकी प्रमुख साँग्रीला श्रेष्ठ र सौराहा शाखाका प्रबन्धक मणि मानन्धरले हस्ताक्षर गरे । 

सम्झौताअनुसार प्रभु बैंकका कर्मचारी तथा ग्राहकहरुले बैंकसँगको आबद्धता प्रमाणका आधारमा आवास, खाना, खाजा तथा होटलमा उपलब्ध सम्पुर्ण सेवा सुविधाहरुमा विशेष छुट प्राप्त गर्न सक्ने जनाइएको छ ।

सो सम्झौता बमोजिम ग्राहक तथा प्रभु बैंकका कर्मचारीहरुका लागि आवासमा आठ प्रतिशतदेखि १५ प्रतिशत तथा खाना तथा पेय पदार्थमा १० प्रतिशतदेखि १५ प्रतिशत सम्मका छुटहरु प्राप्त गर्न सकिने छ ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise