२०८३ कार्तिक ३० गते सोमवार / Nov 16 , 2026 , Monday
२०८३ कार्तिक ३० गते सोमवार

इनम सापकोटामाथिको अनुसन्धान पारदर्शी नभएको शंकर पोखरेलको आरोप

Nada
२०८३ कार्तिक ३० गते १५:१२
Shares
इनम सापकोटामाथिको अनुसन्धान पारदर्शी नभएको शंकर पोखरेलको आरोप

काठमाडौं : नेकपा एमालेका महासचिव शंकर पोखरेलले बिचौलिया इनम सापकोटामाथि भइरहेको अनुसन्धान रहस्यमयी र अपारदर्शी भएको आरोप लगाएका छन् ।

पार्टी कार्यालय च्यासलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै पोखरेलले सरकारका विभिन्न गतिविधि इनम सापकोटाको नाममा आएर जोडिएको बताए ।

उनले प्रधानमन्त्रीलाई झापाबाट उम्मेदवार बनाउने विषयमा गरिएको सर्वेक्षणदेखि चुनावी अभियान र सरकार सञ्चालनका लागि बनाइएको कोर टिमसम्म सापकोटाको संलग्नता रहेको भन्ने कुरा बाहिर आएको उल्लेख गरे ।

प्रधानमन्त्रीका सल्लाहकारले प्रहरी नियन्त्रणमा लिएको मोबाइल दुई–तीन दिनसम्म आफूसँग राखेको विषय पनि सार्वजनिक भएको पोखरेलको भनाइ थियो।

सरकारले सापकोटालाई नियन्त्रणमा लिए पनि अनुसन्धान प्रक्रिया पारदर्शी नदेखिएको उनले बताए । पत्रकार सम्मेलनमा पोखरेलले प्रधानमन्त्री बालेन शाहको कार्यशैलीप्रति समेत आलोचना गरेका थिए ।

laxmi recruitement

ताजा खबर

सम्बन्धित खबर