२०८३ कार्तिक ३० गते सोमवार / Nov 16 , 2026 , Monday
२०८३ कार्तिक ३० गते सोमवार

कांग्रेसले जनजीविकाका मुद्दा सशक्त रूपमा उठाउनुपर्छ : महामन्त्री पौडेल

Nada
२०८३ कार्तिक ३० गते १७:२५
Shares
कांग्रेसले जनजीविकाका मुद्दा सशक्त रूपमा उठाउनुपर्छ : महामन्त्री पौडेल

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले जनताका दैनिक जीवनसँग जोडिएका समस्या समाधानका लागि कांग्रेसले प्रभावकारी भूमिका खेल्नुपर्ने बताएका छन् ।

नेपाली कांग्रेस गण्डकी प्रदेशले पोखरामा आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा बोल्दै उनले सरकारले महँगी नियन्त्रण गर्न नसकेको र जनजीविकाका सवालमा समेत गम्भीरता नदेखाएको टिप्पणी गरे । यस्तो अवस्थामा जनताका समस्या र सरोकारका विषयलाई कांग्रेसले सशक्त रूपमा उठाउनुपर्ने उनको भनाइ थियो ।

निर्वाचन नजिकिँदै गर्दा सुशासन, संघीयताको सुदृढीकरण र समावेशी प्रतिनिधित्व सुनिश्चित गर्ने विषयलाई पार्टीले प्राथमिकतामा राख्नुपर्ने पौडेलले बताए ।

उनले नागरिकसँग नजिकको सम्बन्ध स्थापित गर्दै उनीहरूका समस्या र पीडालाई बुझ्न तथा समाधानका लागि पहल गर्न पार्टीका नेता तथा कार्यकर्तालाई आग्रह गरे । जनताका आवश्यकता बुझेर मात्रै देश विकासको अभियानलाई प्रभावकारी बनाउन सकिने उनको धारणा थियो ।

कार्यक्रममा कांग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले भ्रष्टाचार नियन्त्रणका लागि पार्टीले विशेष ध्यान दिनुपर्ने बताए । साथै, कांग्रेसले विगतमा गरेका ऐतिहासिक तथा महत्त्वपूर्ण कामहरूको व्यवस्थित अभिलेख राख्नुपर्नेमा उनले जोड दिए ।

कार्यक्रममा कांग्रेसको १५औँ महाधिवेशनबाट गण्डकी प्रदेशका तर्फबाट केन्द्रीय सदस्यमा निर्वाचित नेताहरूलाई सम्मान गरिएको थियो ।

laxmi recruitement

ताजा खबर

सम्बन्धित खबर