२०८३ कार्तिक ३० गते सोमवार / Nov 16 , 2026 , Monday
२०८३ कार्तिक ३० गते सोमवार

दुधको मूल्य नबढाए आन्दोलन गर्ने दुग्ध उत्पादक सहकारीको चेतावनी

Nada
२०८३ कार्तिक ३० गते १७:५०
Shares
दुधको मूल्य नबढाए आन्दोलन गर्ने दुग्ध उत्पादक सहकारीको चेतावनी

काठमाडौं : चितवनका दुग्ध किसानहरूले दुधको मूल्यवृद्धि गर्न माग गरेका छन् । चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघले सोमबार चितवनमा पत्रकार सम्मेलन गर्दै दुधको मूल्य बढाउन माग गरेको हो । 

चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष किशोर बगालेले सरकारले दुधको मूल्य वृद्धि नगरे आन्दोलनमा उत्रने चेतावनी दिए  । 

देशमा खाद्यान्न र पशु आहारको मनपरी मूल्य वृद्धिका कारण किसान मर्कामा परिरहेको उनले बताए । उनले प्रत्येक २ बर्षमा दुधको मूल्य पुनवरालोकन गर्ने व्यबस्था गरिएको भएपनि सो बिषयमा कुनै छलफल हुन नसकेको गुनासो गरे ।

पटक पटक कृषि मन्त्रालय लगाएत सरोकारवालाहरूमा ज्ञापन पत्र बुझाउदा समेत सरकारले चासो नदिएको उनको भनाइ छ ।

हाल ६५ रूपैया प्रतिलिर बिक्री गर्दै आएको दुधको मूल्य ७५ रूपैया हुनु पर्ने माग किसानहरूको छ । २०७६ सालमा दुधमा आत्मनिर्भर जिल्ला घोषणा भएको चितवनमा दैनिक ३ लाख ५५ हजार लिटर दुध उत्पादन हुँदै आएको छ भने करीब ४० किसानहरू यो पेशामा आवद्ध रहेको संघले जनाएको छ । 

laxmi recruitement

ताजा खबर

सम्बन्धित खबर