२०८३ कार्तिक ३० गते सोमवार / Nov 16 , 2026 , Monday
२०८३ कार्तिक ३० गते सोमवार

कात्तिकमा सवारी नियम उल्लंघन गर्ने १२ हजार ९६७ चालक कारवाहीमा

Nada
२०८३ कार्तिक ३० गते १५:४२
Shares
कात्तिकमा सवारी नियम उल्लंघन गर्ने १२ हजार ९६७ चालक कारवाहीमा

काठमाडौँ : काठमाडौँ उपत्यकामा ट्राफिक नियम उल्लंघन गर्ने १२ हजार ९६७ जना सवारी चालक गएको महिनामा कारवाहीमा परेका छन् ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार कारबाहीमा पर्नेमा सबैभन्दा बढी मादक पदार्थ सेवन (मापसे) गरी सवारीसाधन चलाउने छन् ।

कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार यही कात्तिक १ गतेदेखि २९ गते सम्म मादक पदार्थ सेवन गरी सवारी चलाउने दुई हजार ८९२ जना र लागूपदार्थ सेवन (लापसे) गरी सवारी चलाउने ७८ जना चालक कारवाहीमा परेका हुन् ।

प्रहरीले मादक पदार्थ तथा लागूपदार्थ सेवन गरी सवारीसाधन चलाउँदा सडक दुर्घटनाको जोखिम बढ्ने भएकाले त्यस्ता गतिविधि नियन्त्रणका लागि नियमित जाँच तथा निगरानी गर्दै आएको छ ।

मादक पदार्थ वा लागूपदार्थ सेवन गरी सवारीसाधन चलाउन कानुनले निषेध गरेको छ । सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ तथा प्रचलित कानुनी व्यवस्थाअनुसार मापसे र लापसे गरी सवारी चलाउने चालकलाई कारबाही गर्ने व्यवस्था छ ।

प्रहरीले सवारी चालकलाई ट्राफिक नियमको पूर्ण पालना गर्न तथा मादक पदार्थ र लागूपदार्थ सेवन गरी सवारीसाधन नचलाउन आग्रह गरेको छ ।

laxmi recruitement

ताजा खबर

सम्बन्धित खबर