२०८३ कार्तिक ३० गते सोमवार / Nov 16 , 2026 , Monday
२०८३ कार्तिक ३० गते सोमवार

दैवी प्रकोप उद्धार कोषको पैसा दुरुपयोग हुँदैन : मन्त्री महावीर

Nada
२०८३ कार्तिक ३० गते १७:००
Shares
दैवी प्रकोप उद्धार कोषको पैसा दुरुपयोग हुँदैन : मन्त्री महावीर

काठमाडौं : विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्राप्त भएको रकमको दुरुपयोग नहुने स्पष्ट पारेका छन् । 

सोमबार मन्त्रालयमा नेपाली एसोसिएसन अफ ओरेगन, अमेरिकाले कोषमा गरेको सहयोग रकम बुझ्दै मन्त्री पुनले कोषको रकम पारदर्शी रुपमा नै खर्च हुने भन्दै दुरुपयोग नहुने स्पष्ट पारेका हुन् ।

बाटोघाटो, पुल, स्कुल तथा अस्पतालहरू बगाएका स्थानमा पुनर्निर्माण गर्न र राहत पुर्‍याउन कोषको रकम खर्च भइरहेको उनले बताए ।

मन्त्री पुनले विभिन्न संघसंस्था तथा विदेशी निकायहरूको इस्टिमेट अनुसार हालैको बाढीपहिरोबाट करिब ३–४ खर्ब रुपैयाँ बराबरको ठूलो नोक्सानी भएको भन्दै राहत कोषको रकमले मात्र पुनर्निर्माण गर्न पर्याप्त नहुने उल्लेख गरे ।

उनले भोटेकोशी बाढीका कारण सडक सञ्जाल अवरुद्ध हुँदा उद्धार तथा राहत कार्यमा हेलिकप्टरको अत्यधिक प्रयोग भएको र त्यसैमा ३०–४० करोड रुपैयाँभन्दा बढी खर्च भएको बताए ।

नेपाली एसोसिएसन अफ ओरेगन, अमेरिकाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका लागि एक करोड १७ लाख ६० हजार रुपैयाँ हस्तान्तरण गरेको हो । 

laxmi recruitement

ताजा खबर

सम्बन्धित खबर