२०८३ कार्तिक ३० गते सोमवार / Nov 16 , 2026 , Monday
२०८३ कार्तिक ३० गते सोमवार

परराष्ट्रमन्त्री खनाल र भारतीय राजदूत दलेलाबीच शिष्टाचार भेट

Nada
२०८३ कार्तिक ३० गते १५:५६
Shares
परराष्ट्रमन्त्री खनाल र भारतीय राजदूत दलेलाबीच शिष्टाचार भेट

काठमाडौं : परराष्ट्रमन्त्री शिशिर खनाल र नेपालका लागि भारतका नवनियुक्त राजदूत सुधाकर दलेलाबीच शिष्टाचार भेट भएको छ ।

सोमबार सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भएको भेटमा मन्त्री खनालले राजदूत दलेलालाई नियुक्तिका लागि बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरे ।

भेटमा नेपाल–भारत सम्बन्धका विभिन्न पक्षमा छलफल भएको थियो । साथै, दुवै देशबीच लामो समयदेखि रहँदै आएको मैत्रीपूर्ण सम्बन्ध र आपसी सहकार्यलाई थप मजबुत बनाउने विषयमा पनि कुराकानी भएको थियो ।

laxmi recruitement

ताजा खबर

सम्बन्धित खबर