
बागमती : राष्ट्रपति रामचन्द्र पौडेल काठमाडौँ-तराई/मधेस द्रुतमार्गअन्तर्गत मकवानपुरको महादेवटारस्थित सुरुङ छिचोल्ने (ब्रेक थ्रु)कार्यक्रममा सहभागी हुन आज मकवानपुर पुगेका छन् । उनी द्रुतमार्गको निरीक्षणमा समेत सहभागी हुने कार्यक्रम छ ।
नेपाली सेनाको हेलिकप्टरबाट महादेवटारस्थित द्रुतमार्गको निर्माण व्यवस्थापन केन्द्रमा अवतरण भएका राष्ट्रपति पौडेललाई बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटा, मकवानपुरका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीलगायत उच्च अधिकारीले स्वागत गरेका थिए ।