२०८३ मंसिर २ गते बुधवार / Nov 18 , 2026 , Wednesday
२०८३ मंसिर २ गते बुधवार

गौरको कानुपट्टी सीमा क्षेत्रबाट २७ थान गोली बरामद

Nada
सत्येन्द्र प्रताप सिंह
२०८३ मंसिर २ गते ११:४८
Shares
गौरको कानुपट्टी सीमा क्षेत्रबाट २७ थान गोली बरामद

रौतहट : रौतहटको गौर नगरपालिका–१ स्थित कानुपट्टी सीमा क्षेत्रबाट ९ एमएम पेस्तोलमा प्रयोग हुने २७ थान गोली बेवारिसे अवस्थामा बरामद गरिएको छ ।

मङ्गलबार राति करिब ११ बजेको समयमा सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म हेडक्वार्टर गौर र भन्सार सुरक्षा गार्ड गौरबाट खटिएको संयुक्त गस्ती टोलीले नियमित गस्तीका क्रममा उक्त गोली बरामद गरेको हो ।

सीमा क्षेत्रमा सुरक्षा जाँच तथा गस्तीलाई तीव्र बनाइएको अवस्थामा शङ्कास्पद रूपमा राखिएको सेतो रङको प्लास्टिकको झोला फेला परेको थियो । उक्त झोलाको खानतलासी गर्दा ९ एमएम पेस्तोलमा प्रयोग हुने जस्तो देखिने २७ थान गोली फेला परेको सुरक्षा स्रोतले जनाएको छ ।

सीमावर्ती क्षेत्रमा ठूलो सङ्ख्यामा गोली बेवारिसे अवस्थामा फेला परेपछि सुरक्षा निकायले घटनालाई गम्भीरतापूर्वक लिएको छ । बरामद गोली कसले, कुन उद्देश्यले र कसरी सीमा क्षेत्रमा ल्याएर छाडेको हो भन्ने विषयमा हालसम्म खुल्न सकेको छैन ।

घटनाबारे थप अनुसन्धान भइरहेको र आवश्यक कानुनी प्रक्रिया अघि बढाइने सशस्त्र प्रहरीले जनाएको छ। साथै, सीमावर्ती क्षेत्रमा हुन सक्ने सम्भावित आपराधिक गतिविधि तथा अवैध ओसारपसार नियन्त्रण गर्न सुरक्षा सतर्कता थप कडा पारिएको छ।


 

laxmi recruitement

ताजा खबर

सम्बन्धित खबर