२०८१ असोज ५ गते शनिवार / Sep 21 , 2024 , Saturday
२०८१ असोज ५ गते शनिवार

समृद्धि फाइनान्सद्वारा पोखरामा निःशुल्क स्वास्थ्य शिविर

ADV
मध्यान्ह
२०८१ जेठ २७ गते २१:२६
समृद्धि फाइनान्सद्वारा पोखरामा निःशुल्क स्वास्थ्य शिविर

काठमाडौं : समृद्धि फाइनान्सले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत पोखरा शाखाद्वारा एकदिने निःशुल्क स्वास्थ्य परीक्षण र परामर्श शिविर गरेको छ ।

पोखरा महानगरपालिका वडा नं. ४ सहरी स्वास्थ्य केन्द्र र वडा ४ को विशेष सहयोग तथा पश्चिमाञ्चल डाइग्नोसिक एण्ड रिर्सच सेन्टरको प्राविधिक सहयोगमा वडा ४ मा भएको स्वास्थ्य जाँचमा २६४ जनाले निःशुल्क सेवा लिएका छन् । 

शिविरमा महानगरपालिका वडा नं. ४ का वडाध्यक्ष देवकृष्णा पराजुलीको प्रमुख आतिथ्यता रहेको थियो । अतिथिहरुमा स्वास्थ्य सहरीकेन्द्रका पोखरा महानगरपालिका वडा नं. ४ का सदस्य सुजन पौडेल, पश्चिमाञ्चल डाइग्नोसिक एण्ड रिर्सच सेन्टरका अध्यक्ष पुरुषोत्तम सुवेदी रहेका थिए । डा.अनुप बराल र डा. प्रतिभा तिमिल्सिनाले स्वास्थ्य जाँच गरेका थिए ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise