२०८३ असोज ७ गते बुधवार / Sep 23 , 2026 , Wednesday
२०८३ असोज ७ गते बुधवार

कृष्णनगरमा नेपाल हार्डवेयर एण्ड फर्निचर पसल सञ्चालन

Nada
शहबाज खान
२०८१ भदौ १० गते १८:४६
Shares
कृष्णनगरमा नेपाल हार्डवेयर एण्ड फर्निचर पसल सञ्चालन

कपिलवस्तु : कपिलवस्तुको कृष्णनगर नगरपालिका –३ चैपुरवामा नेपाल हार्डवेयर एण्ड फर्निचर पसल सञ्चालन आएको छ । कृष्णनगर नगर प्रमुख रजत प्रताप शाह र नेकपा एमाले जिल्ला कमिटी सदस्य कुनाल प्रताप शाहले सोमबार नेपाल हार्डवेयर एण्ड फर्निचर पसलको उद्घाटन गरेका हुन् ।

ncell

चैपुरवा जाने रोड कृष्णनगर स्वास्थ्य चौकी नजिक सञ्चालनमा आएको हो । कार्यक्रमलाई उद्घाटन गर्दै नगर प्रमुख रजत प्रताप शाहले व्यापार, व्यवसाय यस क्षेत्रमा सञ्चालन हुनु सराहनीय भएको बताए ।

कोरोनाको महामारीपछि आर्थिक मन्दीकरण धेरै उद्योग, व्यापार बन्द भएको र जर्जर अवस्थामा पनि उद्योग र व्यापार सञ्चालनले व्यापारिक हिसाबले सकारात्मक पक्षमा जोड दिएको उनले बताए ।

कार्यक्रममा लुम्बिनी प्रदेश मदरसा बोर्डका उपाध्यक्ष मौलाना मशहुद खां नेपाली, कृष्णनगर नगरपालिका–३ का वडा अध्यक्ष सगिर अहमद खां, डा. सलमान खान, युवा समाजसेवी वैभव प्रताप शाह, युवा व्यापारी असलम खां, इकरा शैक्षिक संस्थानका शैख जैस मक्की,सकिर शाह लगायत युवा व्यापारी तथा समाजसेवीहरुको उपस्थिति थियो ।

ताजा खबर

सम्बन्धित खबर