२०८१ असोज ५ गते शनिवार / Sep 21 , 2024 , Saturday
२०८१ असोज ५ गते शनिवार

लक्ष्मी सनराइजको सक्रियातामा हजारौं वृक्षारोपण

ADV
मध्यान्ह
२०८१ जेठ २८ गते २०:५७
लक्ष्मी सनराइजको सक्रियातामा हजारौं वृक्षारोपण

काठमाडौं : लक्ष्मी सनराइज बैंकको सक्रियतामा देशभर करिब ६ हजार विरुवा रोपिएको छ । विश्व वातावरण दिवस २०२४ को अवसर पारेर देशभरका विभिन्न विद्यालय, सामुदायिक वन, संरक्षण क्षेत्र, अस्पताल, सशस्त्र प्रहरी बल तथा नेपाली सेनाको ब्यारेक, मन्दिर र सार्वजनिक स्थानहरूमा विरुवा रोपिएको बैंकले जनाएको छ ।

बैंकले विश्व वातावरण दिवसको अवसरमा देशभर ५ हजार विरुवा रोप्ने लक्ष्य राखेको थियो । १ देखी ८ जुनसम्म विभिन्न शाखामार्फत् स्थानीय समुदाय तथा संस्थाहरूसँगको सहकार्यमा करिब ६ हजार विरुवा रोपिएको बैंकले जनाएको छ । प्रोजेक्ट ५–के सँगै लक्ष्मी सनराइज बैंकले सोही दिवसमा आफ्नो एभोइडेड इमिसन रिपोर्ट पनि सार्वजनिक गरेको थियो ।

ADVADV

सम्बन्धित खबर

Advertise