२०८१ असोज ५ गते शनिवार / Sep 21 , 2024 , Saturday
२०८१ असोज ५ गते शनिवार

नेशनल लाइफको ‘नेशनल रत्न अवार्ड’ कार्यक्रम सम्पन्न

ADV
मध्यान्ह
२०८१ जेठ २८ गते २०:५९
नेशनल लाइफको ‘नेशनल रत्न अवार्ड’ कार्यक्रम सम्पन्न

काठमाडौं : नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको नेशनल रत्न अवार्ड कार्यक्रम सम्पन्न भएको छ । कम्पनीको प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीको सभापतिन्वमा सम्मान कार्यक्रमको आयोजना गरी नेशनल अवार्ड अन्तर्गत नेशनल रत्न छनोट हुन सफल बागमती प्रदेशका करिब ३५ जना अभिकर्ताहरुलाई सम्मान गरिएको हो ।

समारोहमा नेशनल रत्न विजेता अभिकर्ताहरुलाई नेशनल लाइफ लोगो अंकित चाँदीको मेडल, सर्टिपिकेट र खादाबाट सम्मान गरिएको थियो । समारोहमा प्रमुख कार्यकारी अधिकृत खत्रीले कम्पनीका सबै संरचनाहरु उत्कृष्ट रहेको र कम्पनीमा बीमा गर्ने बीमितहरुलाई उच्च प्रतिफल दिन सफल हुनुमा अभिकर्ता संजालको महत्वपूर्ण भूमिका रहने भएकोले अभिकर्ता सञ्जाललाई प्रविधि मैत्री एवं व्यवसायिक बनाउन थप लगानी गर्दै गईरहेको बताए ।

उनले नेशनल रत्नमा छनौट हुने अभिकर्ताहरुलाई प्रदेश स्तरीय रुपमा सम्मान कार्यक्रम सम्पन्न गर्दै लैजाने कम्पनीको योजनाअनुसार काठमाडौंमा बागमती प्रदेशका अभिकर्ताहरुबाट सम्मान गरिएको बताए । साथै यसअघि इटहरीमा कोशी र मधेश प्रदेशका अभिकर्ताहरुलाई सम्मान गरिसकेको र अन्य प्रदेशका बाँकी अभिकर्ताहरुलाई पनि छिट्टै नै सम्मान गरिने जानकारी दिए ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise