२०८३ असोज २ गते शुक्रवार / Sep 18 , 2026 , Friday
२०८३ असोज २ गते शुक्रवार

एपिगा नेपाल २०२४ सम्पन्न

Nada
२०८१ भदौ १८ गते २१:१४
Shares
एपिगा नेपाल २०२४ सम्पन्न

काठमाडौं : कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ)द्वारा आयोजित एसिया प्यासिफिक इन्टरनेट गभर्नेन्स एकेडेमी (एपिगा) नेपाल २०२४ सम्पन्न भएको छ । भदौ १४ र १५ गते काठमाडौंमा क्षमता विकास कार्यशालामा इन्टरनेट गभर्नेन्स, आईक्यान नीति तथा बहु–साझेदारी मोडेलबारे स्नातक, स्नातकोत्तर विद्यार्थीहरु तथा युवा पेशेवरहरुलाई बृहत् जानकारी दिँदै कार्यक्रम सम्पन्न भएको हो ।

ncell

आईक्यान र कोरिया इन्टरनेट एण्ड सेक्युरिटी एजेन्सीद्वारा सञ्चालित विश्वव्यापी एपिगा कार्यक्रमको स्थानीय संस्करणको रुपमा नेपालमा पहिलोपटक सो कार्यशाला आयोजना गरिएको हो । कार्यशालामा इन्टरनेट गभर्नेस सम्बन्धी सेमिनार, राउन्ड टेबल डिस्कसन, सिमुलेसन गेमहरु, मक आईक्यान कन्फ्रेन्स जस्ता विभिन्न अन्तरक्रियात्मक सत्रहरु सञ्चालन गरिएको थियो ।

प्रमुख अतिथि पूर्व शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री एवं प्रतिनिधिसभा सदस्य सुमना श्रेष्ठले नीतिनिर्माण प्रक्रियामा युवाहरुको सहभागिता र सक्रियतामा जोड दिँदै आईजीएफ क्योटोमा आफू सहभागी हुँदा प्राप्त अनुभव र नेपालमा यसलाई कार्यान्वयन गर्ने उपायहरुबारे प्रकाश पारिन् । त्यस्तै, कार्यक्रमको उद्घाटन सत्रमा बोल्दै आयोजक क्यान महासंघका अध्यक्ष रणाजीत कुमार पोदारले क्यानले युवा सचेतनामा खेलेको भूमिकाबारे चर्चा गर्दै एपिगा जस्ता कार्यक्रमबाट भविष्यका डिजिटल नीतिका अभियन्ताहरुलाई महत्तवपूर्ण प्रशिक्षण प्राप्त हुने बताएका थिए । 

कार्यक्रमका कीनोट स्पिकर ई–गभर्नेन्स कमिसनका सीईओ एवं सदस्य–सचिव ई. दीपेश विष्टले डिजिटलाइजेशन प्रक्रियासँग सरकारको प्रक्रियाको समन्वयको आवश्यकता र एकल डाटा आदानप्रदान प्लेटफर्मको प्रभावकारी कार्यान्वयनमा जोड दिएका थिए । त्यसैगरी, अनलाइन माध्यमबाट सहभागी युनेस्कोका प्रोग्राम म्यानेजर भानु न्यौपानेले इन्टरनेटलाई थप खुला र पहुँचयोग्य बनाउन सबै सरोकारवालाको भूमिकालाई पनि जोड दिएका थिए ।

ताजा खबर

सम्बन्धित खबर