२०८२ फागुन २६ गते मङ्गलवार / Mar 10 , 2026 , Tuesday
२०८२ फागुन २६ गते मङ्गलवार
Ads

पवन गोल्यानलाई साथ दिइरहेका अक्षय

shivam cement
छबि सापकोटा
२०८२ कार्तिक २२ गते ०६:४५
Shares
पवन गोल्यानलाई साथ दिइरहेका अक्षय

काठमाडौं : ६० वर्षदेखि नेपालको औद्योगिक क्षेत्रमा लगानी गरिरहेको घराना हो, गोल्यान ग्रुप । टेक्सटायल (कपडा उद्योग)बाट व्यवसाय थालेको यो समूहले आफ्नो व्यवसाय विस्तार गर्दै आएको छ । साढे ६ दशकअघि रियलान्यस स्पिनिङ मिल्सबाट व्यवसाय सुरुवात गरेको गोल्यान ग्रुप अहिले स्थापित औद्योगिक प्रतिष्ठानमा पर्छ । यसले अहिले होटल, ऊर्जा, कृषि, अपार्टमेन्टदेखि बैंक तथा वित्तीय संस्थासम्म लगानी गरिरहेको छ । 

सन् १९६० को दशकको सुरुवातमा सोहनलाल गोल्यानलाई तत्कालीन राजा महेन्द्रले उद्योग सञ्चालनका लागि नेपालमा भित्र्याएका थिए । सोहनलालपछि गोल्यान समूहको नेतृत्व पवन गोल्यानले गर्दै आएका छन् । अहिले गोल्यान समूहमा पवनको छोरा अक्षय गोल्यान कम्पनीहरू नेतृत्व गर्दै छन् । त्यस हिसाबले नाति पुस्ताका ३७ वर्षीय अक्षय गोल्यानले ग्रुप सम्हाल्दै छन् । अमेरिका र दुवईबाट सन् २०१० मा नेपाल फर्किएपछि उनी विस्तारै व्यवसाय सम्हाल्न थालेका हुन् ।

अक्षय अहिले हजुरबुवाले सुरु गरेको रिलायन्स स्पिनिङ मिल्सको नेतृत्व गरेर नेपालको धागो भारतदेखि टर्कीसम्म पु¥याइरहेका छन् । ‘माटो’ नामक कृषि सामग्री उत्पादन र बजारीकरणसमेत गरिरहेको छ । सन् २०१८ देखि रिलायन्सको जिम्मेवारी सम्हालेका अक्षयले अहिले सिंगो गोल्यान समूहको जिम्मेवारी हेर्न थालेका छन् । उनी अहिले प्रबन्ध निर्देशकका रूपमा समूहका सबै क्षेत्र सम्हाल्न थालेका छन् ।

 

साथमा यी समाग्री 

कर्पोरेट हाउसमा नयाँ पुस्ता

सिजी हाँकिरहेका वरुण–निर्वाण–राहुल

चन्द्र ढकालको दायाँबायाँ निशान र सचिन

नाति पुस्ताको हातमा पञ्चकन्या ग्रुप

पवन गोल्यानलाई साथ दिइरहेका अक्षय

लक्ष्मी ग्रुपमा अनुभव र अनुकूल

सूर्यांशले हाँकिरहेको वैद्य अर्गनाइजेसन

गोल्छा ग्रुपमा सक्रिय सीमा

एसजी ग्रुपको नेतृत्वमा सुदीप र सुगम

सम्बन्धित खबर