२०८२ फागुन २६ गते मङ्गलवार / Mar 10 , 2026 , Tuesday
२०८२ फागुन २६ गते मङ्गलवार
Ads

एसजी ग्रुपको नेतृत्वमा सुदीप र सुगम

shivam cement
२०८२ कार्तिक २२ गते ०७:०५
Shares
एसजी ग्रुपको नेतृत्वमा सुदीप र सुगम

काठमाडौं : उद्योगी शिवप्रसाद घिमिरेले सुरु गरेको व्यावसायिक कम्पनी हो, एसजी । घिमिरे नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी समिति सदस्य तथा एलपी ग्यास उद्योग संघका पूर्वअध्यक्षसमेत हुन् । एसजी ग्रुप पनि छोटो समय धेरै व्यावसायिक फड्को मार्ने कम्पनीमा पर्छ । विशेषगरी एसजी ग्रुपले ग्यास उद्योगमा लगानी गरेको छ ।

एसजीले देशका सात स्थान ग्यास उद्योगमा खोलेको छ । यस्तै, जलविद्युत्, वित्तीय संस्था, शिक्षा, टे«डिङ, हस्पिटालिटीलगायतको क्षेत्रमा लगानी छ । शिवप्रसाद घिमिरेको व्यवसायलाई उनका लागि छोरा सुदीप र सुगमले सम्हाल्न थालेका छन् ।

सुदीप नेपाल युवा उद्यमी मञ्च (एनवाइइएफ)का अध्यक्षसमेत हुन् । उनले समूहको एलपिजी क्षेत्र र वित्तीय संस्थामा हेर्ने गरेका छन् । घिमिरेले इन्दिरा गान्धी नेसनल ओपन युनिभर्सिटीबाट एमबिए गरेर नेपालमै आफ्नो व्यवसाय सम्हालिरहेका छन् । 

 

साथमा यी समाग्री 

कर्पोरेट हाउसमा नयाँ पुस्ता

सिजी हाँकिरहेका वरुण–निर्वाण–राहुल

चन्द्र ढकालको दायाँबायाँ निशान र सचिन

नाति पुस्ताको हातमा पञ्चकन्या ग्रुप

पवन गोल्यानलाई साथ दिइरहेका अक्षय

लक्ष्मी ग्रुपमा अनुभव र अनुकूल

सूर्यांशले हाँकिरहेको वैद्य अर्गनाइजेसन

गोल्छा ग्रुपमा सक्रिय सीमा

एसजी ग्रुपको नेतृत्वमा सुदीप र सुगम

सम्बन्धित खबर