
काठमाडौं : रामलाल गोल्छाले सुरु गरेको गोल्छा गु्रप नेपालको अग्रपक्तिको व्यापारिक प्रतिष्ठान हो । रामलालका दुई छोरा हंसराज र हुलासचन्द्रले गोल्छा गु्रपलाई अगाडि बढाएका छन् ।
हुलासचन्द्रका छोरा शेखर गोल्छाले अघि बढाएको व्यवसाय अहिले पनि पारिवारिक गु्रपका रूपमा बिजनेस गरिरहेको छ । अटोमोबाइल र इलेक्टोनिकमा गोल्छा गु्रपको व्यवसाय राम्रो छ । गोल्छा ग्रुपको नेतृत्व अहिले नातिनी पुस्ताकी सीमाले गरिहेकी छन् । सीमा हिम इलेक्ट्रोनिक्सकी निर्देशक हुन् ।