२०८२ फागुन २६ गते मङ्गलवार / Mar 10 , 2026 , Tuesday
२०८२ फागुन २६ गते मङ्गलवार
Ads

नेपालले भारतलाई हरायो

shivam cement
२०८२ कार्तिक २२ गते १३:३२
Shares
नेपालले भारतलाई हरायो

काठमाडौँ : हङकङ सिक्सेस क्रिकेटमा नेपालले पहिलो जित निकालेको छ ।

हङकङमा जारी क्रिकेटमा आज बिहान भएको खेलमा नेपालले भारतलाई ९२ रनले पराजित गरेको हो ।

नेपालले दिएको १३८ रनको लक्ष्य पछ्याएको भारत ३ ओभर ४५ रनमा समेटियो । प्रीयंक पन्चल र भरत चिप्लीले समान १२ रन जोडे । बलिङमा नेपालका रसिद खानले ३, बसिर अहमदले २ र रुपेश सिंहले १ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ६ ‌ओभरमा कुनै विकेट नगुमाइ १३७ रन बनाएको थियो । राशिद खानले सर्वाधिक ५५ बनाए। सन्दीप जोराले ४७ र लोकेश बम ३१ बनाए ।

सम्बन्धित खबर