२०८१ असोज १ गते मङ्गलवार / Sep 17 , 2024 , Tuesday
२०८१ असोज १ गते मङ्गलवार

पर्यटन बोर्डको सीईओमा दीपकराज जोशी नियुक्त

ADV
छबि सापकोटा
२०८१ भदौ २० गते १९:३३
पर्यटन बोर्डको सीईओमा दीपकराज जोशी नियुक्त

काठमाडौं : नेपाल पर्यटन बोर्डको कार्यकारी प्रमुख (सीईओ) मा दीपकराज जोशी पुनः नियुक्त भएका छन् । बिहीबार बसेको बोर्ड सञ्चालक समितिको बैठकले जोशीलाई दोस्रो इनिङको लागि सिईओ नियुक्त गरेको हो । सीईओ छनोट समितिले जोशीसहित पूर्व सीईओ डा. धनन्जय रेग्मी र ज्ञानेश्वर महतोको नाम सिफारिस गरेको भएपनि समितिले जोशीलाई चार वर्षे कार्यकालको लागि सीइओमा नियुक्त गरेको हो । 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेसँग निकट रहेका र पर्यटन क्षेत्रमा काम गर्न सक्ने सक्षम व्यक्ति भएकोले समेत जोशी दोस्रो पटक सीईओ बनेका हुन् । पहिलो कार्यकालपछि पनि जोशीले पुन सीइओको लागि आवदेन दिएका थिए तर, त्यति बेला धनञ्जय रेग्मी सीइओ बन्न सफल भएका थिए । अहिले छनोट उपसमितिले पूर्वसीईओ धनञ्जय रेग्मीलाई पहिलो नम्बर, दोस्रोमा दीपकराज जोशी र तेस्रो नम्बरमा ज्ञानेश्वर महतोको नाम सिफारिस गरेको थियो । सञ्चालक समितिले भने दोस्रो नम्बरमा परेको जोशीलाई सञ्चालक समितिको बैठकले नियुक्ति गरेको हो । 

सीईओ जोशीले दोस्रो इनिङको सुरुवात सँगै भने ‘परिस्थितिको प्रतिकुलता, स्रोतको शिथिलता र आफूप्रतिको पर्यटन क्षेत्रको अपेक्षाका बीचमा प्रतिफल देखाउनुपर्ने दायित्व छ’, यो चुनौती पनि हो र मेरा लागि प्रेरणा पनि हो ।’

सीईओको पदमा नियुक्ति पाउन २० जना प्रतिस्पर्धामा थिए । यस अघिका सीईओ धनन्जय रेग्मीको कार्यकाल माघ १४ गते सकिएको थियो । सीईओ नहुँदा बोर्डले पर्यटन प्रवर्द्धन गतिविधिदेखि चालु आर्थिक वर्षको बजेट समेत बनाउन सकेको थिएन । सीईओविहीन हुँदा पर्यटकको मुख्य सिजनमा बोर्डको पर्यटन प्रवर्द्धन काम समेत रोकिएको थियो ।

सीईओ बनेका जोशीलाई आफ्नो कार्यकालमा निजी क्षेत्र र अन्तर्राष्ट्रिय बजारमा पर्यटन प्रवर्द्धनमा जोड दिनुपर्नेछ । ७ महिनासम्म बोर्डमा नेृतत्वबिहिन हुदाँ बोर्डको काम प्रभावकारी भएको थिएन । कोरोनापछि  पर्यटकीय गन्तव्य मुलुकहरुले राम्रो प्रगति गरेको अवस्थामा नेपालले समेत पर्यटन क्षेत्रलाई विस्तार गर्नुपर्ने देखिन्छ । यस्तै बोर्डमा कार्यविधि नहुँदा चालु आर्थिक वर्षमा अहिलेसम्म कुनैपनि अन्तर्राष्ट्रिय फोरममा बोर्डले उपस्थिति जनाउन सकेको छैन ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise