२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

धनगढीमा रोजगार मेला : २६ सय ६९ जनाले दिए निवेदन, ८५ जना सिफारिस

ADV
सुनिल आउजी
२०८१ जेठ २९ गते २१:०६
धनगढीमा रोजगार मेला : २६ सय ६९ जनाले दिए निवेदन, ८५ जना सिफारिस

धनगढी : कैलालीको धनगढीमा आयोजना गरिएको रोजगार मेलामा माग भन्दा धेरै रोजगारीको लागि आवेदन दर्ता भएका छन् । दुई दिनसम्म आयोजना गरिएको मेला मंगलबार सम्पन्न भएको हो ।

मेलामा रोजगारदाताले माग गरेभन्दा बढी आवेदन परेका छन् । रोजगारदाताले दुई हजार चार सय ६ पदका लागि माग गरेकोमा झण्डै तीन हजार अर्थात् दुई हजार ६ सय ६९ जनाले निवेदन दर्ता गरेका हुन् ।  मेलामा माग गरेभन्दा बढीको आवेदन दर्ता भएको आयोजकले जनाएको छ ।

आवेदन दिएकाहरुमध्ये ८५ जनालाई रोजगारीका लागि सिफारिस गरिएको छ । धनगढीमा आयोजना गरिएको श्रमाधान रोजगार मलोमा ३८ वटा स्टल राखिएको थियो । जसमध्ये १० वटा स्टलहरु सरकारी क्षेरबाट २८ वटा स्टलहरु रोजगारदाताका तर्फबाट राखिएको थियो । दुई दिनसम्म आयोजना गरिएको मेलामा १० हजार एक सय ५० जनाले अवलोकन गरेका थिए ।

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, सुदुरपश्चिम प्रदेश सरकार, धनगढी उपमहानगरपालिका, टीकापुर नगरपालिका, भीमदत्त नगरपालिकाको आयोजना र नेपाल तालिम तथा तथा रोजगार व्यवसायी महासंघ सुदुरपश्चिमको संयोजनमा,  निजी क्षेत्रका संघसंस्था, विकास साझेदार र अन्य सरोकारवालाको सहकार्यमा रोजगार मेला आयोजना गरिएको थियो । 

मेलामा श्रमाधान संवाद, सांस्कृतिक प्रस्तुती लगायतका कार्यक्रम समेत आयोजना गरिएको थियो । संवादमा रोजगारी सिर्जनामा सरकार र निजी क्षेत्रको भूमिका, अवस्था, चुनौति र सम्भावनाको विषयमा संवाद गरिएको थियो ।

त्यस्तै वर्तमान श्रम बजारमा सीप प्रमाणिकरण र पूर्व सिकाई मान्यताको भूमिका, अबको यात्रा योगदानमा आधारित सामाजिक सुरक्षा, सुदूरपश्चिमका लागि नेपाली श्रम बजार किन यति सुदूर भन्ने विषयमा पनि संवाद गरिको थियो । 

श्रम आप्रवासन अन्तर्गत कानूनी प्रकृया र मनोसामाजिक प्रभाव लगायतका विषयमा डाक्टर हेमराज पन्त, शिवहरी मुडभरी, राम बहादुर रावत,  अनिलकुमार भोजानीया लगायत प्राज्ञिक तथा रोजगारदाताहरुले विचार विमर्श गरेका थिए ।

ADVADV

सम्बन्धित खबर

Advertise