२०८१ असोज ५ गते शनिवार / Sep 21 , 2024 , Saturday
२०८१ असोज ५ गते शनिवार

मुक्तिनाथ विकास बैंकद्वारा विद्यालय भवन निर्माणमा सहयोग

ADV
मध्यान्ह
२०८१ जेठ २९ गते २१:१८
मुक्तिनाथ विकास बैंकद्वारा विद्यालय भवन निर्माणमा सहयोग

काठमाडौं : मुक्तिनाथ विकास बैंकले विद्यालयको भवन निर्माणमा सहयोग गरेको छ । शिक्षा क्षेत्रमा टेवा पुग्ने उद्देश्यले २०८० साल असोज १६ गते बझाङ केन्द्रविन्दु भई गएको भूकम्पबाट प्रभावित बझाङको थलरा गाँउपालिका वडा नं. ९ स्थित भवानी आधारभूत विद्यालयको भवन पुनः निर्माणका लागि नेपाल रेडक्रस सोसाइटी काठमाडौं जिल्लासँग सहकार्य गरी आर्थिक सहयोग गरेको हो ।

हाल, नेपाल रेडक्रस सोसाइटी काठमाडौं जिल्लासँग सहकार्य गरी निर्माण गरिएको उक्त भवनको निर्माण कार्य सम्पन्न भई एक कार्यक्रम बीच विद्यालयलाई हस्तारण गरिएको छ ।

सो भवन निर्माण कार्यका लागि अभिभावक तथा अन्य स्थानियवासीहरुले श्रमदान समेत गरेका थिए । यस सहयोगहरुबाट मुक्तिनाथ विकास बैंकले विधार्थीहरुले नवनिर्मित भवनमा बसेर राम्ररी पढ्न पाउने, घाम, पानीबाट सुरक्षित बसी आफ्नो दैनिक पठनपाठन कार्य गर्न मद्दत पुग्ने विश्वास लिएको छ ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise