२०८१ असोज १ गते मङ्गलवार / Sep 17 , 2024 , Tuesday
२०८१ असोज १ गते मङ्गलवार

सर्लाहीमा गाईले नब्याउँदै दिन थाल्यो दुध

ADV
लक्ष्मण यादव
२०८१ भदौ २२ गते १६:४३
सर्लाहीमा गाईले नब्याउँदै दिन थाल्यो दुध

सर्लाही : सर्लाहीमा गाईले नब्याउँदै दुध दिन थालेको छ । सर्लाहीको बरहथवा नगरपालिका- १५ पिप्राभित्ताका विष्णुप्रसाद उप्रेतीको गाईले नब्याउँदै दुध दिन थालेको हो ।

उप्रेतीले बरहथवा-३ स्थित चुडामणिा देवी कृषि फार्ममा पालेका ३ वर्षको मिनिजर्सी गाईले गर्भधारण गरेको ४ महिना मात्र पूरा भएको अर्थात ब्याउनलाई ५ महिना बाँकी रहँदा नै पहिलो बेतमै दुध दिन थालेको छ ।

उप्रेतीले भने, 'बाच्छीलाई कृत्रिम गर्भधारण गराएको ४ महिना मात्र भयो । भदौ ९ गते दिउँसो १ बजे गोठमा आउँदा बाच्छीको थुनबाट दुध झरेको देख्दा अचम्मित भए । यतिका दिनदेखि थुनबाट दुध त्यतिकै झरेपनि शुक्रबारदेखि दुध दुहन थालेको छु । गाईले बिहान बेलुका एक/एक लिटरका दरले दुध दिने गरेको छ ।'

गाईले नब्याउँदै दुध दिने बिरलै हुने गरेको बताउने पशु चिकित्सक डा. मोहनदेव लेखक हर्मनका कारण यस्ता दुर्लभ घटना हुने बताउँछन् । उनका अनुसार नब्याउँदै गाईले दिएको दुध खाँदा खासै असर नपरे पनि बच्चाहरुको शारीरिक वृद्धिमा भने असर पर्छ । उन्नत जातका गाईका बाच्छीले पहिलो बेतमै प्रोगेस्टोन हर्मन वृद्धिले दुध उत्पादन गर्ने भएको कारण नब्याउँदै दुध दिन थालेको हो ।

नब्याउँदै गाईले दुध दिन थालेपछि दंग परेका उप्रेती र उनकी श्रीमती सुमित्रादेवी खरेललाई गाई हेर्न आउनेलाई गाईबारे बताउन भ्याइनभ्याइ छ ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise