२०८३ असोज २ गते शुक्रवार / Sep 18 , 2026 , Friday
२०८३ असोज २ गते शुक्रवार

सिटिजन्स बैंक र ग्राण्ड नोरलिङ होटेल रिसोर्टबीच समझदारी

Nada
२०८१ जेठ २९ गते २१:२१
Shares
सिटिजन्स बैंक र ग्राण्ड नोरलिङ होटेल रिसोर्टबीच समझदारी

काठमाडौं : सिटिजन्स बैंक इन्टरनेशनलका ग्राहकले मूलपानी, काठमाडौं स्थित ग्राण्ड नोरलिङ होटेल रिसोर्टमा छुट पाउने भएका छन् । बैंक र होटेलबीच बैंकका ग्राहकहरुलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको हो । समझदारीपत्रमा हस्ताक्षरपश्चात बैंकका कार्डबाहक र मोबाइल बैंकिङ ग्राहकहरुले ग्राण्ड नोरलिङ होटेल रिसोर्टका सेवाहरुमा १० प्रतिशत सम्मको आकर्षक छुट पाउनेछन् । 

ncell

यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ । बैंकले डिजिटल बैंकिंङ माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहनगर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ ।

ताजा खबर

सम्बन्धित खबर