२०८२ जेठ १५ गते बिहिवार / May 29 , 2025 , Thursday
२०८२ जेठ १५ गते बिहिवार
Ads

सिटिजन्स बैंक र ग्राण्ड नोरलिङ होटेल रिसोर्टबीच समझदारी

मध्यान्ह
२०८१ जेठ २९ गते २१:२१
सिटिजन्स बैंक र ग्राण्ड नोरलिङ होटेल रिसोर्टबीच समझदारी

काठमाडौं : सिटिजन्स बैंक इन्टरनेशनलका ग्राहकले मूलपानी, काठमाडौं स्थित ग्राण्ड नोरलिङ होटेल रिसोर्टमा छुट पाउने भएका छन् । बैंक र होटेलबीच बैंकका ग्राहकहरुलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको हो । समझदारीपत्रमा हस्ताक्षरपश्चात बैंकका कार्डबाहक र मोबाइल बैंकिङ ग्राहकहरुले ग्राण्ड नोरलिङ होटेल रिसोर्टका सेवाहरुमा १० प्रतिशत सम्मको आकर्षक छुट पाउनेछन् । 

यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ । बैंकले डिजिटल बैंकिंङ माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहनगर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ ।

ADV

सम्बन्धित खबर