२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

मुक्तिनाथका ग्राहकलाई बुद्ध एयरको टिकटमा छुट

ADV
मध्यान्ह
२०८१ भदौ २७ गते २०:४३
मुक्तिनाथका ग्राहकलाई बुद्ध एयरको टिकटमा छुट

काठमाडौं : मुक्तिनाथ विकास बैंकका कर्मचारी र ग्राहकलाई बुद्ध एयरले टिकटमा छुट दिने भएको छ । दुई पक्षबीच भएको सम्झौतासँगै बैंकका कर्मचारी र ग्राहकहरुले बुद्धको हवाई टिकट खरिद गर्दा ८ प्रतिशतसम्म छुट पाउने भएका हुन् ।

सम्झौतामा बैंकको तर्फबाट बैंकका मार्केटिङ विभाग प्रमुख विनय रत्न शाक्य र बुद्ध एयरको तर्फबाट मार्केटिङ सेल्सका निर्देशक रुपेश जोशीले संयुक्त रुपमा हस्ताक्षर गरेका छन् । उक्त सम्झौता बमोजिम अगामी दिनमा मुक्तिनाथ विकास बैंकको मोबाइल बैंकिङ तथा भिसा कार्ड प्रयोग गर्ने सबै ग्राहकहरुले बुद्ध एयरको टिकट काउन्टरबाट हवाई टिकट खरिद गर्दा ८ प्रतिशतसम्म छुट पाउने छन् ।

बुद्ध एयरका मार्केटिङ सेल्सका निर्देशक रुपेश जोशीले अब केही दिनभित्रमा बुद्ध एयरको मोबाइल एपबाट समेत यस्तो सुविधा लिनसक्ने व्यवस्था मिलाउने जानकारी दिए । साथै, बैंकले नेपालमै टिक्न, सजिलो छ भन्ने नाराको साथ साना व्यापार तथा व्यवसायलाई प्रोत्साहन गर्न मुक्तिनाथ सरल कर्जा योजनाहरु ल्याएको छ ।

ADVADV

सम्बन्धित खबर

Advertise