२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

ब्लाक एण्ड डेकरको ‘बिगर सेलिब्रेसन्स्, बिगर जोयस’ योजना सार्वजनिक

ADV
मध्यान्ह
२०८१ भदौ २७ गते २०:४७
ब्लाक एण्ड डेकरको ‘बिगर सेलिब्रेसन्स्, बिगर जोयस’ योजना सार्वजनिक

काठमाडौं : अमेरिकन ब्राण्ड ब्लाक एण्ड डेकरले यो दशैं तिहार पर्वलाई लक्षित गरी ‘बिगर सेलिब्रेसन्स्, बिगर जोयस’ नामक योजना सार्वजनिक गरेको छ । सो योजना अन्तर्गत ग्राहकहरुले ब्लाक एण्ड डेकरको साना होम एप्लायन्सहरु को खरिद गर्दा स्योर सट उपहार प्राप्त गर्नसक्ने कम्पनीले जनाएको हो । 

सो योजनामा स्योर सट उपहार स्वरुप ग्राहकहरुले ब्लाक एण्ड डेकरको ओएफआर हीटरको खरिदमा केटल प्राप्त गर्न सक्नेछन् भने एयर फ्रायर, माइक्रोवेभ ओभन, ओटीजि ओभन, ई–प्रेसर कुकर र भ्याकुम क्लिनर लगायतका उपकरणहरूको खरिदमा कफी मग उपहार प्राप्त गर्न सक्नेछन् ।

साथै, एयर ह्युमिडिफायरको खरिदमा अरोमा किट उपहार प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ । ब्लाक एण्ड डेकरको आकर्षक उपहार योजनाका साथै आफ्नो सबै सामानहरुमा आकर्षक छुट पनि रहेको छ । ब्लाक एण्ड डेकरले जीवनलाई अझ सजिलो र सुविधाजनक बनाउने लक्ष्य राख्दै आएको छ । 

यस उत्सवको अवसरमा, ब्लाक एण्ड डेकरले आफ्ना ग्राहकहरुलाई थप खुसी र आनन्ददायक बनाउने उद्देश्यले यो योजना सञ्चालन गरेको छ । ग्राहकहरुले यो योजनाको लाभ भाद्र २३ गतेदेखि सीमित अवधिका लागि नेपालभर उठाउन सकिने कम्पनीले जनाएको छ । ब्लाक एण्ड डेकर ब्राण्डका आधिकारिक बिक्रेता चौधरी ग्रुप रहेको छ ।

ADVADV

सम्बन्धित खबर

Advertise