२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

केई गाडीको टेष्ट ड्राइभ कार्यक्रम हुने

ADV
मध्यान्ह
२०८१ भदौ २७ गते २०:५३
केई गाडीको टेष्ट ड्राइभ कार्यक्रम हुने

काठमाडौं : नेपालको लागि केई अटोमोबाइल्सको आधिकारिक बिक्रेता लक्ष्मी ई मोबिलिटीले ‘एम्सपेरियन्स केई’ टेष्ट ड्राइभ कार्यक्रम यही भदौ २९ र ३० गते आयोजना गर्ने भएको छ । भदौ २९ गते केई शोरुम थापाथली र ३० गते केई शोरुम भाटभटेनी नक्सालमा गई केईको इलेक्ट्रीक एसयूभ एक्स३ प्रो इभी, इलेक्ट्रीक ह्याचब्याक ई क्वेट ०४ र र ई क्वेट इ२ टेष्ट ड्राइभ गर्न सकिने छ । 

प्रत्येक टेस्ट ड्राइभमा सहभागीहरुलाई हात खाली नहुने गरी आकर्षक उपहारहरु राखिएको कम्पनीले जनाएको छ । सहभागीहरु मध्य एक जना भाग्यशाली सहभागीले जर्मन अन्तर्राष्ट्रिय ब्रान्ड बोसको मिक्चर ग्राण्डर प्राप्त गर्नेछन् । लक्ष्मी ग्रुप अटोमोटिभ डिभिजन अन्तर्गत बिक्री वितरण गरिएको केई चाइनिज ब्रान्ड हो, जुन नाडा अटो शो मा पहिलोपटक सार्वजनिक गरिएको थियो । कम्पनीले गाडीको ड्राइभिङ अनुभव प्रदान गर्न यो कार्यक्रम आयोजना गरेको जनाएको छ ।

ADVADV

सम्बन्धित खबर

Advertise