२०८२ असार २९ गते आइतवार / Jul 13 , 2025 , Sunday
२०८२ असार २९ गते आइतवार
Ads

वडाध्यक्षमाथि यौन शोषणको आरोप : कार्यकक्षमा तालाबन्दी, प्रदर्शन गर्दै राजीनामा माग

shivam cement
कृष्ण तिवारी
२०८१ भदौ २८ गते २०:१४
वडाध्यक्षमाथि यौन शोषणको आरोप : कार्यकक्षमा तालाबन्दी, प्रदर्शन गर्दै राजीनामा माग

रौतहट : रौतहट मौलापुर नगरपालिका–९ सोनरनियाका वडाध्यक्षमाथि यौन शोषण गरेको आरोप लागेको छ । स्थानीयहरुले यौन शोषणको आरोप लागेका वडाध्यक्षलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन गरेका छन् ।

गाउँकै दलित समुदायकी एक महिलालाई विभिन्न प्रलोभन देखाइ पटक–पटक यौन शोषणको आरोप लागेका वडाध्यक्ष श्याम किशोर साहको राजीनामाको माग गर्दै स्थानीयहरुले शुक्रबार दिउँसो वडाध्यक्षको कार्यकक्षमा तालाबन्दी गरी विरोध प्रदर्शन गरेका हुन् । वडाध्यक्ष साहको कार्यकक्षमा तालाबन्दी गर्नुअघि स्थानीयहरुले प्लेकार्डसहित सोनरनिया गाउँभरी परिक्रमा गरी साहकोविरुद्ध चर्को नाराबाजी गरेका थिए ।

केही दिनअघि मात्र सोनरनिया गाउँकै दलित समुदायकी एक विवाहित महिलाले वडा अध्यक्ष साहमाथि यौन शोषण गरेको आरोप लगाएकी थिइन् ।

आफुलाई विवाह गर्ने आश्वासन दिएर वडाध्यक्ष साहले विगत केही वर्षदेखि यौन शोषण गरेको र अहिले विवाह गर्न न मान्दा आफू ठूलो समस्यामा परेको भन्दै ती महिलाले न्यायको माग गरेकी थिइन् ।

त्यसपछि मौलापुर नगरपालिकाले यस घटनाबारे सत्य तथ्य बुझी दोषीलाई कारबाही गर्न भन्दै यहि भदौ ७ गते उपमेयरको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको थियो ।

नगरपालिकाले विज्ञप्ति नै जारी गरी भदौ ७ गतेदेखि १५ दिन भित्रमा छानबिन गरी प्रतिवेदन सार्वजनिक गर्ने जनाएको थियो, तर नगरपालिकाले प्रतिवेदन सार्वजनिक गर्न दिएको १५ दिनको समय समाप्त भएपनि अझै प्रतिवेदन सार्वजनिक गर्न सकेको छैन ।

नेकपा माओवादी केन्द्रको टिकटबाट रौतहट क्षेत्र नम्बर ३ को प्रतिनिधिसभा सदस्यका लागि चुनाव लडेका सांसदका प्रत्यासी धिरज पटेलले मौलापुर नगर प्रमुख रिना देवि साहले प्रतिवेदन सार्वजनिक नगरी दोषी वडाध्यक्ष साहलाई कारबाही गर्नुको सट्टा जोगाउन खोजेको आरोप लगाएका छन् ।

दोषी आरोप लागेका वडाध्यक्षलाई कारबाही गर्न पाँच सदस्यीय छानबिन समिति गठन गरेको तर १५ दिन बितिसक्दा पनि पालिकाले अझैं प्रतिवेदन सार्वजनिक नगर्नुले नगर प्रमुख साहले वडाध्यक्ष साहलाई कारबाही गर्ने पक्षमा नरहेको कुरा आफ्नो बुझाइ रहेको नेता पटेलले बताए ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise