२०८२ कार्तिक २२ गते शनिवार / Nov 08 , 2025 , Saturday
२०८२ कार्तिक २२ गते शनिवार
Ads

सुनको मूल्यमा नयाँ कीर्तिमान, कति पुग्यो तोलाको ? 

shivam cement
२०८१ भदौ ३० गते ११:३६
Shares
सुनको मूल्यमा नयाँ कीर्तिमान, कति पुग्यो तोलाको ? 

काठमाडौंः शुक्रबार मात्रै तीन हजार रुपैयाँले बढेर तोलामा एक लाख ५६ हजार तीन सय पुगेको छापावाल सुनले आज फेरि नयाँ कीर्तिमान कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा पाँच सयले बढेर एक लाख ५६ हजार आठ सय कायम भएको हो । 

आज चाँदीको मूल्य पनि शुक्रबारको तुलनामा ४० रुपैयाँले बढेको छ । शुक्रबार एक हजार आठ सय ६० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज प्रतितोला एक लाख नौ सय कायम भएको छ ।

ADV

ताजा खबर

सम्बन्धित खबर