२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

साताको पहिलो दिनमै नेप्से ओरालो, कारोबारमा भने वृद्धि

ADV
मध्यान्ह
२०८१ भदौ ३० गते १५:०९
साताको पहिलो दिनमै नेप्से ओरालो, कारोबारमा भने वृद्धि

काठमाडौंः साताको कारोबारको पहिलो दिनमै नेप्से परिसूचक भारी अंकले ओरालो लागेको छ । आज आज शेयर बजार ५०.७३ अंकले घटेर २,६३७ को विन्दुमा कायम भएको छ । आज २४ कम्पनीको शेयर मूल्य बढेको छ भने २१९ कम्पनीको घटेको छ । एक कम्पनीको शेयर मूल्य स्थिर छ । बजार घटेपनि तीन कम्पनीको शेयर मूल्य भने १० प्रतिशतका दरले बढेको छ । आज रिभर फल्स पावर कम्पनी, हिमालयन हाइड्रोपावर र रावा इनर्जीको शेयर मूल्य १० प्रतिशतका दरले बढेको हो । 

आजको शेयर बजारमा बिहीबारको तुलनामा कारोबार रकममा भने वृद्धि भएको छ । आज कारोबार समय भरिमा ३२४ कम्पनीको दुई करोड ४८ लाख ४६ हजार सात सय ४२ कित्ता शेयर किनबेच हुँदा १० अर्ब ३३ करोड माथिको शेयर कारोबार भएको छ । बिहीबार ३१८ कम्पनीको एक करोड ९४ लाख ३३ हजार एक सय ५४ कित्ता शेयर किनबेच हुँदा आठ अर्ब १६ करोड माथिको शेयर कारोबार भएको थियो । 

यस्तै आज आज सबैभन्दा धेरै सीएचडीसीको कारोबार भएको छ । आज यस कम्पनीको ६४ करोड ३८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । साथै एनआरएनले ३५ करोड ५२ लाख रुपैयाँको शेयर गरेको छ भने हिमालयन रिइन्स्योरेन्सको २८ करोड ३० लाख रुपैयाँको शेयर कारोबार भएको छ ।


 

ADVADV

सम्बन्धित खबर

Advertise