२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो

ADV
मध्यान्ह
२०८१ भदौ ३० गते २०:५०
पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो

काठमाडौं : नेपाल आयल निगमले पेट्रोल र डिजेल दुवैको मूल्य घटाएको छ । नेपाल आयल निगमले आइतबार राती १२ बजेदेखि लागू हुनेगरी पेट्रोलमा प्रतिलिटर चार रुपैयाँ र डिजेलमा प्रतिलिटर ५ रुपैयाँ मूल्य घटाएको हो । 

नयाँ मूल्यअनुसार काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य १५९ रुपैयाँ पर्नेछ । डिजेल र मट्टितेलमा १४९ रुपैयाँ मूल्य निर्धारण गरिएको छ । यो मूल्य तेस्रो वर्ग अन्तर्गत पर्ने पोखरा र दिपायलमा समेत लागू हुने निगमले जनाएको छ । 

त्यस्तै दोस्रो वर्ग अन्तर्गत दाङ र सुर्खेतमा क्रमशः १५८ रुपैयाँ र १४८ रुपैयाँ तथा बाँकी पहिलो वर्ग अन्तर्गतका क्षेत्रहरुमा १५६.५ रुपैयाँ र १४६.५ रुपैयाँ मूल्य निर्धारण गरिएको निगमले जनाएको छ ।

ADVADV

सम्बन्धित खबर

Advertise