२०८१ असोज ५ गते शनिवार / Sep 21 , 2024 , Saturday
२०८१ असोज ५ गते शनिवार

‘नाडा अटो शो २०२४’का लागि खुल्यो बुकिङ

ADV
मध्यान्ह
२०८१ जेठ ३० गते २०:५२
‘नाडा अटो शो २०२४’का लागि खुल्यो बुकिङ

काठमाडौं : वार्षिकरुपमा आयोजना हुँदै आएको ’नाडा अटो शो’ को १६ औं संस्करण आगामी भदौमा आयोजना हुने भएको छ । ‘नाडा अटो शो २०२४’ भदौ ११ गतेदेखि १६ गतेसम्म हुनेछ । नाडाले ‘नाडा अटो शो २०२४’ मा सहभागी हुन इच्छुक कम्पनीहरूको लागि दर्ता खुला गरेको छ । सहभागी हुन इच्छुक कम्पनी÷ब्रान्डहरुले जेठ ३१ गते (बिहीबार)देखि असार ५ गतेसम्म स्टलको लागि आवेदन दिन सक्नेछन् । 

नाडाले हरेक वर्षको दशैं अघि भृकुटीमण्डपमा ‘नाडा अटो शो’ आयोजना गर्दै आएको छ । अटो शोमा विभिन्न चार पांग्रे, तीन पांग्रे तथा दुई पांग्रे सवारी साधन तथा ढुवानीका साधनहरु, स्पेयर पार्ट्स, टायरट्युब, ब्याट्री, एसेसरिज, अटो कम्पोनेन्ट्स एवम् ग्यारेज उपकरणहरु स्टल हुने गर्छन् ।

गत वर्ष नाडाले भदौ २६ गतेदेखि ३१ ’नाडा अटो शो २०२३’ आयोजना गरेको थियो। ६ दिनसम्म चलेको उक्त प्रदर्शनीमा कुल ७६ हजार एक सय जना मानिसले अवलोकन गरेका थिए । अटो शोमा सहभागी हुन इच्छुक ब्रान्ड वा कम्पनीले आवेदन दिएपछि स्टलको लागि लट्री ड्र प्रक्रियाबाट छनौट हुने नाडाले जनाएको छ ।

ADVADV

सम्बन्धित खबर

Advertise