२०८१ असोज ५ गते शनिवार / Sep 21 , 2024 , Saturday
२०८१ असोज ५ गते शनिवार

एशियन थाई फुड्स ‘फुड एन्ड बेभरेजेज वेस्ट अफ्रिका २०२४’मा सहभागी

ADV
मध्यान्ह
२०८१ जेठ ३० गते २०:५४
एशियन थाई फुड्स ‘फुड एन्ड बेभरेजेज वेस्ट अफ्रिका २०२४’मा सहभागी

काठमाडौं : एशियन थाई फुड्स प्रा. लि. नाइजेरियाको लागोसमा आयोजित फुड एन्ड बेभरेजेज वेस्ट अफ्रिका २०२४ मा सहभागी हुने पहिलो नेपाली कम्पनी बनेको छ ।  जून ११–१३ सम्म चल्ने अन्तर्राष्ट्रिय व्यापारिक मेलामा सहभागिता जनाउने एशियन थाई फुड्स नेपालको पहिलो र एकमात्र कम्पनीको रुपमा पहिचान स्थापित गर्न सफल भएको हो ।  

स्थापनाको २५ वर्ष अवधिमा सो कम्पनीले नेपालको नूडल्स (चाउचाउ) र स्न्याक्स उत्पादहरुको बाजार विश्वभरीका अनेकौं देशसम्म पु¥याउँदै हाल फुड एन्ड बेभरेजेज वेस्ट अफ्रिका २०२४ मा सहभागिता जनाउन सफल भएको हो ।

अन्तर्राष्ट्रिय व्यापारिक मेला र प्रदर्शनीहरुमा सहभागिता दिनु बजार विस्तारको रणनीति भएको र अहिले कम्पनीले २६ भन्दा बढी देशमा आफ्ना उत्पादनहरु निर्यात गरीरहेको कम्पनीका प्रबन्धक निर्देशक महेश जाजूको भनाइ छ ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise