२०८१ असोज ५ गते शनिवार / Sep 21 , 2024 , Saturday
२०८१ असोज ५ गते शनिवार

बैतडीको देहीमाण्डौंमा प्रभु बैंकको शाखा विस्तार

ADV
मध्यान्ह
२०८१ जेठ ३० गते २०:५८
बैतडीको देहीमाण्डौंमा प्रभु बैंकको शाखा विस्तार

काठमाडौं : प्रभु बैंक लिमिटेडले आफ्नो ३०३औँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले २०८१/०२/३० देखि दशरथचन्द नगरपालिका, वडा नं.२ स्थित देहीमाण्डौमा शाखा खोली कार्यालयको सेवा सञ्चालनमा ल्याएको हो ।

बैंकले आफ्नो बैंकको व्यावसायिक सञ्जाल विस्तार गर्दै विभिन्न ठाउँहरुमा आफ्नो शाखा खोलेर सर्वसाधारणको घर आँगनसम्म सरल र सहज रुपमा बैंकिङ सेवा विस्तार गरेको दाबी गरेको छ ।

बैंकको देहीमाण्डौ शाखामार्फत् स्थानीय बासिन्दा, सर्वसाधारणहरु, व्यावसायिक फर्म, कम्पनी तथा संघ संस्थाहरुले गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने र यस क्षेत्रको समग्र आर्थिक उन्नतीमा महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ भन्ने बैंकले विश्वास लिएको छ ।

ADVADV

सम्बन्धित खबर

Advertise