२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

नेशनल लाइफका सीईओ क्लब सदस्य सम्मानित

ADV
मध्यान्ह
२०८१ भदौ ३१ गते २०:४८
नेशनल लाइफका सीईओ क्लब सदस्य सम्मानित

काठमाडौं : नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले जनकपुर स्थित मिथिला यात्री निवासमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतको सभापतित्वमा सिइओ क्लब सदस्य सम्मान गरेको छ ।

आर्थिक वर्ष २०८०/८१ मा तोकिएको बीमाशुल्क संकलन गरी मधेश प्रदेशबाट योग्य भएका १ सय ५० जना भन्दा बढि अभिकर्ताहरु, विभागिय प्रमुख, प्रदेश प्रमुख एवं शाखा प्रमुखहरुको सहभागितामा कम्पनीले सीईओ क्लब सदस्य बन्न सफल अभिकर्ताहरुलाई सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।

प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले शुभारम्भ गरिएको सम्मान कार्यक्रममा मधेश प्रदेशबाट सिइओ क्लबका सदस्य हुन सफल अभिकर्ताहरुलाई सिइओ क्लब सदस्यता वितरण गरिएको थियो । सो प्रदेश बाट आफ्नो कोडमा र संजलमा प्रथम द्वितीय र तृतीय हुन सफल अभिकर्ताहरुलाई विशेष सम्मान तथा पुरस्कृत पनि गरिएको थियो ।

प्रमुख कार्यकारी अधिकृतज्यूले मधेश प्रदेशबाट नेशनल रत्न हुन सफल अभिकर्ताहरुलाई पनि नेशनल लाइफ लोगो अंकित चाँदीको मेडल, सर्टिपिकेट र खादाबाट सम्मान गरिएको थियो । समारोहमा प्रमुख कार्यकारी अधिकृतज्यूले अभिकर्ता सञ्जाललाई प्रविधिमैत्री र व्यवसायिक बनाउन थप लगानी गर्ने जानकारी गराउनु हुँदै यसमा महत्वपूर्ण भुमिका खेल्ने अभिकर्ता समूहको वृत्ति विकासलाई कम्पनीले सँधै प्राथमिकतामा राख्ने प्रतिवद्धत्ता समेत व्यक्त गरे । 

ADVADV

सम्बन्धित खबर

Advertise