२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

एनआइसी एशिया बैंकका ग्राहकले लेमन ट्री प्रिमियरमा ३५ प्रतिशतसम्म छुट पाउने

ADV
मध्यान्ह
२०८१ भदौ ३१ गते २०:५०
एनआइसी एशिया बैंकका ग्राहकले लेमन ट्री प्रिमियरमा ३५ प्रतिशतसम्म छुट पाउने

काठमाडौं : एनआइसी एशिया बैंकले आफ्ना कार्ड प्रयोगकर्ता ग्राहक तथा कर्मचारीहरुलाई काठमाडौं, बुढानीलकण्ठस्थित लेमन ट्री प्रिमियर होटल अन्तर्गतका विभिन्न सेवाहरुमा ३५ प्रतिशतसम्म छुट प्रदान गर्ने भएको छ ।

नजिकिदै गरेका दशैंं, तिहार, छठ जस्ता विभिन्न चाडपर्वहरुको विशेष अवसरमा भिसा डेबिट कार्ड तथा भिसा क्रेडिट कार्ड र मास्टरकार्ड प्रयोग गरेर भुक्तानी गर्ने आफ्ना ग्राहकलाई बैंकले उक्त सुविधा उपलब्ध गराएको हो ।

उक्त छुट प्रदान गर्ने विषयमा एन आई सी एशिया बैंक लेमन ट्री प्रिमियर होटलबीच एक समझदारीपत्रमा हस्ताक्षर भएको छ । यस समझदारी अनुसार भिसा डेबिट कार्ड, भिसा क्रेडिट कार्ड र मास्टरकार्ड प्रयोग गरी भुक्तानी गर्ने ग्राहकहरुले होटलको बसाई, खाना तथा पेयपदार्थमा २० प्रतिशत छुट प्राप्त गर्नेछन् भने स्पा सेवामा भिसा डेबिट कार्ड र मास्टर कार्ड प्रयोगकर्ताले ३० प्रतिशत र भिसा केडिट कार्ड प्रयोगकर्ताले ३५ प्रतिशत छुट हुनेछ ।

साथै, आफ्नो विशेष अवसर परेर होटलमा बस्ने बैंकका ग्राहकहरुले एक पाउण्डको केक कम्प्लिमेन्ट्रीको रुपमा र भिसा केडिट कार्ड तथा मास्टर कार्ड प्रयोगकर्ताले रुम अपग्रेडको कम्प्लिमेन्ट्री प्राप्त गर्न पाउनेछन् । छुट अफर मंसिर १५ गतेसम्मका लागि मात्र लागू हुनेछ । 

ADVADV

सम्बन्धित खबर

Advertise