२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

‘टेक्नो स्पार्क गो वान’ नेपाली बजारमा

ADV
मध्यान्ह
२०८१ भदौ ३१ गते २०:५१
‘टेक्नो स्पार्क गो वान’ नेपाली बजारमा

काठमाडौं : ‘टेक्नो स्पार्क गो वान’ नेपाली बजारमा आएको छ । टेक्नो स्पार्क गो वान सुरुवाती मूल्य ११ हजार ९९० देखि खरिद गर्न सकिनेछ । स्टाइलिश स्मार्टफोन ब्रान्ड टेक्नोले आफ्नो नवीनतम ब्लकबस्टर, फोनको सुपरस्टार, टेक्नो स्पार्क गो वान बजारिकरण गर्न लागेको हो । ग्राहकहरुले आफ्नो न्युनतम लगानीमा उच्च गुणस्तरको अनुभव गर्न सक्नेछन् ।

स्पार्क गो वान सेप्टेम्बर १६ देखि अनलाइन र अफलाइन दुवै बजारहरूमा उपलब्ध हुनेछ । जुनसुकै अवस्थामा निरन्तर  स्क्रोलिङका लागि १२० हर्ट्जसम्मको रिफ्रेस दर, लाइटनिङ–फास्ट मल्टिटास्किङका लागि ८ जीबी र्‍याम, र बूमिङ, क्रिस्टल क्लियर अडियोका लागि डुअल स्टेरियो स्पिकर रहेको छ । ५० भन्दा बढी सेवा केन्द्रहरू भएको टेक्नोले स्मार्टफोन ब्रान्डका लागि नेपालको सबैभन्दा ठूलो सपोर्ट नेटवर्क बनेको छ ।

टेक्नो नेपालका साझेदार सन्तोष भण्डारीले भने, ‘फोनको सुपरस्टारको रूपमा टेक्नो स्पार्क गो वान प्रस्तुत गर्न पाउँदा हामी उत्साहित छौं । यो एउटा यस्तो स्मार्टफोन हो जो आफ्नो सेग्मेन्टमा फोनको सुपरस्टार बनेर आएको छ । स्पार्क गो वान यो भन्दा अघि जान तयार रहेको छ ।’टेक्नो स्पार्क गो वानले ८ र १२८ जीबी सम्मको लागि ११,९९० देखि कालो, ग्लिटरी ह्वाइट र लाइम ग्रीन रंगहरुमा उपलब्ध गराएको छ । 

ADVADV

सम्बन्धित खबर

Advertise