२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

भिभो भी ४० : जाइस् अप्टिक्सको साथ प्रिमियम फोनको लीक सार्वजनिक

ADV
मध्यान्ह
२०८१ भदौ ३१ गते २०:५४
भिभो भी ४० : जाइस् अप्टिक्सको साथ प्रिमियम फोनको लीक सार्वजनिक

काठमाडौ : भिभोले आगामी स्मार्टफोनलाई लिएर ठूलो उत्सुकता जगाइरहेको छ, जस्ले मोबाइल फोटोग्राफी अनुभवलाई पूर्ण रूपमा रूपान्तरण गर्न सक्ने देखिएको हो । स्मार्टफोनले प्रयोगकर्ताहरूको पोर्टेट फोटोग्राफीलाई व्यावसायिक स्तरसम्म उकास्न सक्छ । 

प्रयोगकर्ताहरूले भिजुअल अनुभव वृद्धि गर्नका लागि थ्रिडी कर्भ स्क्रिन र सिल्की–स्मूद १२० हर्जको रिफ्रेस रेट पनि अपेक्षा गर्न सक्छन् । र यदि कार्यक्षमता प्रदर्शन र स्थायित्व तपाईंको प्राथमिकता हो भने, भिभो भी ४० ले तपाईँलाई निराश पार्ने छैन, किनभने भिभो भि ४० मा ५५०० एमएएच ब्याट्री र ब्याट्रीको दीर्घायु लागि ४ वर्षसम्मको एन्टी–एजिंग ग्यारान्टीको सुनिश्चिता पाउनेछ ।

भिभोले भी सिरिजको पहिचान शैलीलाई निरन्तरता दिँदै , भी ४०  पनि स्टाइलिश र हल्का हुने अपेक्षा गरिएको छ । सम्भवतः अहिलेसम्मकै पातलो भी सिरिज फोन हुनेछ, जसमा शक्तिशाली ५५०० एमएएचको ठूलो ब्याट्री हुने छ, जस्ले तपाईंलाई दिनभरि ऊर्जावान राख्दछ । भिभो भी ४० ले सुधारिएकोे औरा लाइटको परिचय गराउने अपेक्षा गरिएको छ, जसले पोर्ट्रेट फोटोग्राफीलाई नयाँ स्तरमा पुर्‍याउनेछ ।

ADVADV

सम्बन्धित खबर

Advertise