२०८३ असोज २ गते शुक्रवार / Sep 18 , 2026 , Friday
२०८३ असोज २ गते शुक्रवार

आइएमईको २४औं वार्षिकोत्सव सम्पन्न

Nada
२०८१ जेठ ३० गते २१:०१
Shares
आइएमईको २४औं वार्षिकोत्सव सम्पन्न

काठमाडौं : नेपाली रेमिट्यान्सको पर्यायवाची बन्नपुगेको ‘आइएमई’ स्थापनाको २३ वर्ष पूरा भएको छ । २४औं वर्ष प्रवेश गर्दा आइएमई रेमिट्यान्स क्षेत्रको सबैभन्दा ठूलो र विश्वसनीय कम्पनीको रुपमा स्थापित हुन सफल भएको छ । आफ्नो स्थापनाको २४औं वार्षिकोत्सवका अवसरमा आइएमईले बुधवार काठमाडौंमा विशेष कार्यक्रममा आयोजना गर्‍यो । 

ncell

‘डिजिटल रुपान्तरणलाई अंगाल्दै’ भन्ने मूल नाराका साथ मनाइएको कार्यक्रममा आइएमई गु्रपका सह–सस्थापक तथा प्रबन्ध निर्देशक हेमराज ढकालले आइएमईको व्यावसायिक यात्राको स्मरण गर्दै राष्ट्रिय अर्थतन्त्रको मेरुदण्ड भइसकेको रेमिट्यान्सलाई वैधानिक माध्यमबाट स्वदेश भित्राउने व्यवसायमार्फत देशको औपचारिक अर्थतन्त्र विकासमा योगदान गर्ने कम्पनीको रुपमा आइएमईले योगदान गरिरहेको बताए । रेमिट्यान्स सेवा रकमको औपचारिक आदान प्रदानमा सीमित नरही नागरिकको शिक्षा, स्वास्थ्य लगायतका गुणस्तरीय जीवनयापनको माध्यम बन्नुका साथै राष्ट्रको आर्थिक विकासमा महत्वपूर्ण योगदान पु¥याएको उनले बताए । 

त्यस्तै, आइएमई प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेलले सहकार्य, प्राविधिक उत्कृष्टता, व्यावसायिक नैतिकता तथा साझा मूल्य र मान्यतालाई मुख्य कार्यदिशा बनाई आइएमई सेवा प्रदान गरिरहेको बताए । प्रविधिमा भएको विकासलाई आत्मसात गर्दै विविधिकृत सेवाहरुको मध्यमबाट आम नागरिकको दैनिक जीवनसँगप्रत्यक्ष रुपमा जोडिँदै अघिबढ्ने प्रमुख कार्यकारी अधिकृत पौडेलले उल्लेख गरे ।

ताजा खबर

सम्बन्धित खबर