२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

गरिमा विकास बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा रेग्मी नियुक्त

ADV
मध्यान्ह
२०८१ भदौ ३१ गते २१:५६
गरिमा विकास बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा रेग्मी नियुक्त

काठमाडौं : गरिमा विकास बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा अनिल रेग्मी नियुक्त भएका छन् । सोमबार सम्पन्न बैंकको सञ्चालक समितिले यस अघि सहायक प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत रेग्मीलाई नै नायब प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको हो ।

रेग्मी विगत २ वर्षदेखि सहायक प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत चार्टड एकाउन्टेन्ट रेग्मीलाई असोज १ गतेदेखि लागू हुने गरी नायब प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरको हो ।

नवनियुक्त नायब प्रमुख कार्यकारी अधिकृत रेग्मीसँग तत्कालिन जनता बैंक लिमिटेड र तत्कालिन सेन्चुरी कमर्शियल बैंक लिमिटेडमा ११ वर्षसहित बैंकिंङ क्षेत्रको व्यवस्थापन तहका रहेर करिब १३ बर्ष काम गरेको अनुभव रहेको छ ।

बैंकिंङ क्षेत्रमा प्रवेश गर्नुपूर्व लेखापरीक्षण तथा कन्सल्टेन्सी पेशामा आवद्ध रहेका रेग्मीसंग बैंकिंङ लगायत अन्य राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ संस्थाहरुको लेखापरीक्षण कार्य गरको अनुभव समेत रहेको छ । 

ADVADV

सम्बन्धित खबर

Advertise