आइतबार साँझ पूर्व युवराज पारस शाहसम्बन्धी भिडियो भाइरल भयो । भिडियोमा पूर्व युवराज पारसले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा खटिएको प्रहरी अधिकृतलाई हातपात गरेका छन् । राजतन्त्रका समर्थकहरुले व्यवस्थाकै विरोधमा चर्को नारावाजी गरेका छन् । समर्थकहरुले पूर्वराजा ज्ञानेन्द्र शाह र कोमल शाहको तस्वीर अंकित टिसर्ट लगाएका छन् । यति मात्रै होइन, विमानस्थल परिसरमा नाराबाजी समेत भएको प्रष्ट देखिन्छ । नाराबाजीकै क्रममा कार्यकर्ता ठानेर पारसका छोरालाई प्रहरीले रोक्न खोज्दा पारस शाह प्रहरीमाथि जाइलागेको प्रष्ट देखिन्छ । उच्च प्रहरी अधिकारीहरु विमानस्थलमा नारावाजी र जुलुस निकालेको प्रति आपत्तिजनक ठान्छन् ।
विमानस्थलमा भीडभाड र नाराबाजी हुनु राम्रो होइन । किनभने विमानस्थल संवेदनशील क्षेत्र हो । अझ सरकारले गत वर्ष असार १ देखि लागू हुने गरी माइतीघर मण्डलामा प्रदर्शन गर्न नपाइने निर्णय गरेको थियो । सर्वोच्च अदालतले माइतीघरलगायत सार्वजनिक स्थानमा प्रर्दशन, नारा, जुलुस गर्न नपाइने निर्णय तत्कालन कार्यान्वयन नगर्न आदेश सुनायो । राजधानीको सुरक्षालाई ध्यानमा राखेर अहिले पनि शीतलनिवास, प्रधानमन्त्रीनिवास बालुवाटार, संसद् भवन नयाँ बानेश्वर, सिंहदरबार, उपराष्ट्रपति निवास आसपासका स्थानलाई अहिले पनि निषेधित क्षेत्र तोकिएको छ । तर, अन्तरराष्ट्रिय विमानस्थलजस्तो सुरक्षाका हिसाबले पनि अति सम्वेदनशील स्थानमा गणतन्त्रकैविरुद्ध नाराबाजी गर्न सरकारले छुट दिएको छ ।
यो प्रकरणमा एक होइन, अनेक दृष्टिले आपत्ति जनाउनुपर्ने ठाउँ छ । पूर्व राजा अहिलेको संविधानअनुसार भीभीआईपी नै होइन । किनभने, संविधानले पूर्व राजपरिवारलाई नेपाली नागरिक भन्दा माथिको दर्जा दिएको छैन । गणतन्त्रमा यो सुहाउने कुरा नै होइन । भलै भावना र सुरक्षा दृष्टिका कारण अनि देशको संक्रमणकालीन समयलाई ध्याल गर्दै पूर्व राजपरिवारलाई विशेष सुविधा दिएको छ । तर, त्यही सुविधामाथि टेकेर पूर्व राजपरिवारले जस्तो किसिमको गतिविधि गरिरहेका छन् । यो गणतन्त्रका लागि उचित होइन ।
विमानस्थलमै गएर त्यस्तो गतिविधि गर्नुले अन्तरराष्ट्रिय जगतमा पनि राम्रो सन्देश गएको छैन । नेपालको एक मात्र विमानस्थलमा जस्तो किसिमका प्रदर्शनी भए । नेपाल भित्रदै गरेका र बाहिरिदै गरेकाहरुले पनि त्यो सन्देश दृष्य आत्मसाथ गर्ने भए । यस्तो हुँदा नेपालको राजनीति, समाज र प्रणालीप्रति नै प्रश्न उठ्छ । तसर्थ, यसलाई नजीरका रुपमा लिएर सरकारले भावी कार्यक्रम तय गर्नु नै उचित हुन्छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies