भक्तपुर : भक्तपुरको लोकन्थलीस्थित मुख्य सडकमा गएराति पहिरो खसेको छ । सडक किनाराको एक छेउमा माथिबाट पहिरो खस्दा ८ घर उच्च जोखिममा परेका छन् । गएराती परेको वर्षाका कारण मध्यपुर थिमी नगरपालिका–१ लोकन्थलीमा पहिरो गएको हो ।
जोखिममा परेका घरका मानिसलाई राति नै अन्यत्र सारिएको प्रहरीले जनाएको छ । काठमाडौं खानेपानी आयोजनाले खानेपानी टयाङ्की बनाउन भन्दै रेटनिङ पर्खाल भन्दा गहिराएर खनिदिएपछि पहिरो खसेको स्थानीयले बताएका छन् ।
उक्त ठाउँमा ठेकेदारलाई डोजर लगाएर नखन्न पटक पटक आग्रह गर्दापनि आफूले ठेक्का पाएको भन्दै जबरजस्ती रुपमा डोजर लगाएर खनिदा पहिरो गएको स्थानीयको भनाई छ । पहिरो खस्दा सवारी आवागमन समेत प्रभावित बनेको छ । अरनिको राजमार्ग भएर काठमाडौं आउने सवारी साधान आवागमन प्रभावित बनेको छ ।
पहिरो गएको स्थानको प्रमुख जिल्ला अधिकारी, जिल्ला सुरक्षा प्रमुख, सांसद महेश बस्नेत र स्थानीय तहका जनप्रतिधिहरुले मंगलबार बिहान अवलोकन गरेका छन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies