२०८२ असार ३१ गते मङ्गलवार / Jul 15 , 2025 , Tuesday
२०८२ असार ३१ गते मङ्गलवार
Ads

नयाँ बजाज पल्सर एनएस २०० को बिक्री शुरु

shivam cement
मध्यान्ह
२०८१ असोज १ गते २१:३२
नयाँ बजाज पल्सर एनएस २०० को बिक्री शुरु

काठमाडौं : बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिले नेपाली बजारमा नयाँ बजाज पल्सर एनएस २०० को बिक्री वितरण शुरु गरेको छ । बजाज पल्सर एनएस २०० अब ब्लुटुथ कनेक्सन र नेभिगेसन सहितको पूर्ण डिजिटल कन्सोलको साथमा आएको छ ।

नयाँ बजाज एनएस २०० मा पावर, प्रविधि, र डिजाइनको उत्कृष्ट संयोजन रहेको छ । यसमा ट्रिपल स्पार्क फोर भल्भ इन्जिन उपलब्ध रहेको छ जसले १८ किलोवाट पावर र १८.७४ एनएम टर्क उत्पन्न गर्छ । 

यसमा लागि ६–स्पीड गियरबक्स र नयाँ प्रणालीको एलइडी लाइटिङ रहेको छ । यस मोटरसाइकलको मुख्य विशेषता भनेको ब्लुटुथ कनेक्टिभिटी सहितको पूर्ण–डिजिटल कन्सोल हो जसमा टर्न–बाई–टर्न नेभिगेसन, गियर पोजिसन इन्डिकेटर, डिस्ट्यान्स–टु–एम्प्टी रिडआउट, र इन्धन खपतको डेटा रहेको छ । अपसाइड–डाउन फ्रन्ट फोर्क्स र डुअल–च्यानल एबिएसले उत्कृष्ट ब्रेकिङ कन्ट्रोल प्रदान गर्दछ । 

स्पोर्टी डिजाइन, उन्नत इन्जिनियरिङ र उत्कृष्ट पावर–टु–वेट रेसियोले यस मोटरसाइकल जस्तोसुकै सडकमा फिट हुने कम्पनीको दाबी छ । गोल्छा ग्रुपका निर्देशक अभिमन्यु गोल्छाले भने, ‘हामी नेपाली बजारमा नयाँ बजाज पल्सर एनएस २०० सार्वजनिक गर्न पाउँदा अत्यन्तै खुशी छौं, एनएस २०० पहिले नै नेपाली राइडरहरुको मनमा बस्न सफल भइसकेको मोटरसाइकल हो । 

ग्राहकहरुको आवश्यकतालाई नै ध्यानमा राख्दै हामीले नयाँ प्रविधिलाई अगाल्दै पूर्ण डिजिटल कन्सोल सहितको बजाज पल्सर एनएस २०० नेपालमा भित्राएका हौं ।’ नयाँ बजाज पल्सर एनएस २०० को मुल्य ४ लाख ४४ हजार ९ सय रुपैयाँ रहेको छ ।

ADV

सम्बन्धित खबर

Advertise