काठमाडौं : काठमाडौं एक गेस्ट हाउसमा एक २ जना मृत फेला परेका छन् । मृत्यु हुनेमा चितवनका ३७ वर्षीय यमबहादुर मगर र मकवानपुरकी ३० वर्षीय सविना बजगाँइ रहेका छन् ।
गोंगबुमा रहेको मोरङ-पर्वत गेस्ट हाउसको १११ रुम नम्बरमा मृत अवस्थामा फेला परेका हुन् । उनीहरु प्रेमिप्रमिका हुनसक्ने अनुमान प्रहरीले गरेको छ ।
उनीहरू बेडमा नै सुतेको अवस्थामा मृत फेला परेका थिए । प्रहरीले उनीहरुले आत्महत्या गरेको हुनसक्ने अनुमान गरेको छ । महानगरीय प्रहरी वृत महाराजगञ्जका डिएसपी फणिन्द्र प्रसाईँसहितको टोली होटल पुगेर मुचुल्का उठाउने काम गरिरहेको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies