२०८३ असोज २ गते शुक्रवार / Sep 18 , 2026 , Friday
२०८३ असोज २ गते शुक्रवार

आज पुनः २५ अर्ब तान्दै राष्ट्र बैंक

Nada
२०८१ असोज २ गते ११:४१
Shares
आज पुनः २५ अर्ब तान्दै राष्ट्र बैंक

काठमाडौंः  बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएपछि नेपाल राष्ट्र बैंकले पुनः निक्षेप तान्ने भएको छ। राष्ट्र बैंकले तरलता व्यवस्थापन गर्न निक्षेप संकलन उपकरण प्रयोग गरी २५ अर्ब रुपैयाँ तान्न लागेको हो । 

ncell

बैंकिङ प्रणालीबाट संकलन गरिने निक्षेपको बोलकबोल आज अपराह्न ३ बजे रहेको राष्ट्र बैंकले जनाएको छ । निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन् । यो २१ दिने निक्षेप संकलन उपकरणको साँवा तथा ब्याज भुक्तानी आगामी असोज २३ गते रहेको छ । 

पछिल्लो समय बैंक तथा वित्तीय संस्थामा पैसा थुप्रिने क्रम जारी छ । साथै अन्तरबैंक ब्याजदर ३ प्रतिशतभन्दा तल रहेको अवस्थामा राष्ट्र बैंकले तरलता व्यवस्थापन गर्न निक्षेप संकलन उपकरण प्रयोग गर्नुपर्ने हुन्छ। यसैअनुरुप केन्द्रीय बैंकले समय–समयमा निक्षेप तान्ने गरेको छ । 

ताजा खबर

सम्बन्धित खबर