२०८३ असोज २ गते शुक्रवार / Sep 18 , 2026 , Friday
२०८३ असोज २ गते शुक्रवार

लगातार तीन कारोबार दिन नेप्से परिसूचकमा गिरावट

Nada
२०८१ असोज २ गते १६:२७
Shares
लगातार तीन कारोबार दिन नेप्से परिसूचकमा गिरावट

काठमाडौंः यो सातामा लगातार तीन कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा गिरावट देखिएको छ । आज परिसूचक चार अङ्कले घटेर दुई हजार पाँच सय ७६ दशमलव ७६ अङ्कमा कायम भएको हो ।

ncell

आज तीन सय २० कम्पनीको एक करोड ३९ लाख ५२ हजार एक सय २१ कित्ता शेयर ८० हजार तीन सय ७८ पटक खरिदबिक्री हुँदा रु पाँच अर्ब ६६ करोड ९१ लाख ९४ हजार नौ सय ६१ को कारोबार भएको छ । आज बैंकिङ समूह शून्य दशमलव ७६ र निर्जीवन बीमा समूह शून्य दशमलव १६ प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ ।

कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य आज सबैभन्दा धेरै आठ दशमलव शून्य आठ प्रतिशतले बढेको छ । सबैभन्दा बढी घट्नेमा जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य रहेको छ । यो सात दशमलव ६७ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा आज सबैभन्दा बढी सिइडिबी हाइड्रोपावर डेभलपमेन्ट लिमिटेडको रु २० करोड ५८ लाख आठ हजार पाँच सय ८४ को कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने सबैभन्दा धेरै कुमारी बैंक लिमिटेडको पाँच लाख सात हजार दुई सय ७० कित्ता शेयर किनबेच भएको छ ।

ताजा खबर

सम्बन्धित खबर